काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा राजधानीबाट पक्राउ पक्राउ परेका छन् । शैक्षिक याेग्यता प्रमाणपत्र कीर्ते गरेकाे अभियाेगमा उनलाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैं गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।
शर्मा मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनलाइ पक्राउ गरिएकाे सम्बन्धमा प्रहरीले संसद सचिवालयलाइ जानकारी गराएकाे छ ।
उनले भारतको एक संस्थाबाट लिएकाे प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएससमेत अध्ययन गरेका बताइएकाे छ । उनी मेडिकल कलेज सञ्चालक पनि रहेकाे खुलेकाे छ ।
२५ साउन २०८०, बिहिबार