बेसीशहर, जेठ ५ गते । बेसीशहर । लमजुङको मर्स्याङदी गाउँपालिकाको विभिन्न सडकमा लामो समयदेखि बेबारिसे अवस्थामा बस्दै आएकी एक महिलाको सोमबार उद्धार गरिएको छ ।
बेसीशहर चामे सडक अन्तर्गत मस्र्याङदी गाउँपालिकाको विभिन्न ठाउँमा डुल्दै भोक प्याससंग संघर्ष गर्दै गरेकी ती महिलालाई उद्धार गरी मानव सेवा आश्रम चितवनमा पठाइएको छ ।

पत्रकार जी.बी. घिमिरेको पहलमा उनलाई उद्धार गरिएको हो । बेसीशहर चामे सडकमा विगत केही महिनादेखि बेबारिसे अवस्थामा देखिने ती महिला दिनभर सडकमा भौंतारिनेर रात परेपछि सडक छेउमैरहको एउटा बाख्राको खोरमा ओत लिने गर्थिन् । बारम्बार उक्त स्थानमा देखपेछि पक्कैपनि कोही दुःख पाएर भौतारिएको सोचेर घिमिरेले उनीसंग सम्बाद गर्दा उनी बेबारिसेअवस्थामा रहेको र मानसिक अवस्था पनि ठीक नभएको बुझेपछि मानव सेवा आश्रम बेसीशहरमा खबर गरेका थिए ।

घिमिरेले भने– “झट्ट हेर्दा , बाख्रा पाखा तिर चराउदै बसे जस्तो देखिने ती महिला बिगत महिनौ देखि सडक किनार मा भोकै बसि बाख्राको खोर मुनि बस्दै आएकी थिइन । तराई मूल वा भारतीय जस्तो देखिने उनलाई धेरै मान्छेले देखे, भेटे तर कसैले यी को हुन कहकी हुन बुज्न चाहेन उल्टै पागल्नी भनेर छोडिदिए । सो सडकमा आवतजावत गर्दा मैले देखे अनि उनीसंग सोधें दिदी कता हो घर भनेर । भोकले गलेकी ती अपरिचित महिलाले तराई या भारतिया भाषाको प्रयोग गर्दै सुर्तीकोअपेक्षा गरिन्। मैले नेपालीमै भने- म खादिन , अनि फेरि सोधें - केही खाजा खाने हो भनेर ? उनले हट जाउ भनिन् ।”
घिमिरेले भने– “उनीसंगको सम्बादपछि उनको मानसिक अवस्था समेत ठीक नभएको बुझेर मैले उनलाई उद्धार गर्ने सोचे । तुरुन्तै मानव सेवा आश्रमलाई सम्झिए । उनका २-३ वटा फोटो खिचेर सामाजकि सञ्जालमा पोस्ट गरें । बेसीशहर पुगेपछि आश्रमकी संयोजक अनिता अधिकारीलाई भेटी उनको बारेमा बताएँ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ लाई पनि फोन गरें । सबलै सकरात्मक रुपमा लिएपछि त्यसको तीन दिनमै उनको उद्दार गर्न सफल भएँ ।”
उनको उद्धारका क्रममा गण्डकी प्रदेशकी उद्योग मन्त्री यशोदा रिमाल पनि पुगेकी थिइन् । जगत तातोपानी महोत्सवको उद्घाटनका लागि जगत पुगेकी उनी बेबारिसे महिला भेिटएको खबर पाएपछि पालिक अध्यक्ष अर्जुन गुरुङ, मानव सेवा आश्रम लमजुङकी संयोजक अनिता अधिकारी, पत्रकार जीबी घिमिरे, पालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकतृ बिज्ञान पौडेलसंगै ती महिला बस्ने गरेको ठाउँमा पुगेकी थिइन् ।

मानव सेवा आश्रमले जनप्रतिनिधि र प्रहरीसमेतको रोहबरमा औपचारिकता पुरा गरी ती महिलालाई मानव सेवा आश्रम बेसीशहरमा ल्याएको थियो । बेसीशहरस्थित आश्रममा ल्याइएकी ती महिलालाई थप संरक्षण र हेरचाहका लागि मानव सेवा आश्रम चितवनमा पठाइएको संयोजक अधिकारीले जानकारी दिइन् ।
खबरकुञ्ज