चार दिनदेखि बेपत्ता बोहरा मृत अवस्थामा फेला, हत्या भएकाे आशंक, एकजना पक्राउ

खबरकुञ्ज

बेसीशहर, असार २५ गते । बिगत केही दिनदेखि बेपत्ता रहेका बेसीशहर निवासी ५७ बर्षिय बुद्धिबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन् ।

बेसीशहरको वडा नंं २ बोहोराबेसी घर भई केही समयदेखि बेसीशहरको वडा नं ८ मा बसोबास गर्दै आएका बोहोरा गत असार २१ गतेदेखि बेपत्ता थिए । घर परिवारलाई केही जानकारी नगराई घरबाट निस्केका उनी घर नफर्केपछि उनको खोजी भइरहेकामा बिहीबार बिहान बेसीशहर वडा न अन्तर्गत डुम्रे बेसीशहर सडक खण्डको आकासेभीरको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।

बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  बेसीशहर नगरपालिका–८ वडा समितिका अध्यक्ष समेत हुन्। राप्रपा नेता अजित बहादुर अधिकारी (मेनकाजी)ले उनको शब फेला परेको पुष्टि गरेका छन् । हाल घटनास्थलमा प्रहरी र उनको परिवार पुगेको र आवश्यक अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।

बोहोराको शबको प्रकृति हेर्दा उनको हत्या भएको आशंका गरिएको छ । टाउको र शरिरका अन्य भागमा चोटको निशान देखिएकाले हत्याको आशंका गरिएको हो । नेता अधिकारीले प्रहरीले घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया