बेसीशहर, जेठ ९ गते । लमजुङको दोर्दी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तदर्थ गाउँ समिति गठन भएको छ । शनिबार सम्पन्न गाउँ भेलाले तदर्थ समिति गठन गरेको हो ।
पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख एवं प्रतिनिधि सभा सदस्य धर्मराज केसीको प्रमुख आतिथ्यमा गाउँ भेला सम्पन्न भएको हो । गाउँभेलाबाट गाउँ समितिको सभापतिमा रमा खड्का चयन भएकी छन् । गाउँँ समितिको उपसभापतिमा इन्द्रजीत गुरुङ ,सचिबमा कन्यालाल घले ,सहसचिबमा रिता अधिकारी र सदस्यहरुमा गोरे गुरुङ, बिराज घले, सुरेन्द्रजंग गुरूङ ,प्रबीण गुरुङ र हुमराज घले चयन भएका छन् ।
दोर्दी गाउँपालिकाको केन्द्र नौथर शेरामा शनिबार आयोजित कार्यक्रममा दोर्दी गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपाका नेता ओमबहादुर गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । गुरुङ २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनीसंगै दोर्दीका ४७ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् ।
गुरुङसहित नवयुवाहरुको प्रवेशले दोर्दीमा रास्वपा थप बलियो भएको छ ।
गुरुङसहित रास्वपामा प्रवेश गर्नेहरुलाई रास्वपा केन्द्रीय संगठन बिभागका सदस्य एवं प्रतिनिधि सभा सदस्य धर्मराज केसी, जिल्ला सभापति अशोक सापकोटा, उपसभापति प्रकास थापा लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
खबरकुञ्ज