गाउँपालिका भित्रको प्राकृतिक श्रोतसाधन कसैको निजी सम्पत्ति हाेइन

–अमृत भण्डारी

अहिले मर्स्याङ्दी गाउँ पालिका "बा" पथमा र टुक्के बिकासमा जाँदैछ । "सुखी नेपाली ,समृद्द नेपाल।" त्यही कपि गरेर मर्स्याङ्दी गाउँपालिकाकाे भित्तामा नारा सजिएको छ । अस्ति भर्खरै दशौं लाख खर्चेर शैक्षिक तीर्थ जानुभो र मेला गरे त्यही अघोषित "ग्रुप" ले। एसइइको नतिजाले त्यसको उद्देश्य ,औचित्य शैक्षिक गुणस्तर पुष्टि गरिदियो ।

गण्डकी प्रदेशको नै खराब स्वास्थ्य सेवा भएको पालिका मर्स्याङ्दी भनेर रिपोर्ट आयो त्यसको पुष्टि पनि अस्ति मात्रै जिबनजल खान नपाएर ६ बर्षिय बालकको मुत्युले यिनीहरुलाइ पोल्यो कि पोलेन होला लाजले ? गाउँ पालिकाले एउटा श्रद्धाञ्जली समेत दिएर मृतकको परिवारसँग क्षमायाचना र सिङ्गो पालिकाबासिसग माफी समेत मागेन । स्थानीय सरकार प्रमुख र जनप्रतिनिधिले यो अनैतिकता, गैरजिम्मेवारी र मानवीय असम्बेदनाको पराकाष्ठा हो ।

०७४ पछाडि उद्योग र ब्यबसाय धमाधम बन्द भए कारण कार्यकर्तालाई व्यावसायिक टीका लगाएर सुबिधा , सहयोग , अवसर र अनुदान सबै दिने तर वास्तविक व्यावसायिलाई राजनीतिक प्रतिशोध लिएर हतोत्साहित र दुख दिने गर्दा दर्जनौं व्यावसाय बन्द भए र करोडौंको लगानी डुब्यो र युवा व्यावसायिहरु रुदै रुदै बिदेशिन बाध्य भए । र उनका टिके पुरस्कृत ब्यबसायी केहिले अनुदानको मात्रै खेती गर्छन् त कोहि अनुदान बेचेर खाने स्थितिमा पुगे । प्रमाण चाहिन्छ भने म दिउला। उचालेको कुकुरले मृग मार्दैन।

जतिबेला मैले व्यावसायिक नेतृत्व गरे त्यतिबेला हामी पालिका मात्रै होइन मनाङ , चितवन र काठमाडौ कुखुरा निर्यात गर्थ्यौ ।अहिले एउटा पनि खोरमा कुखुरा छैन किन ?

तरकारी र खाद्यान्नमा हामी आत्मानिर्भर बन्दै थियौँ तर अहिले खाद्यान्नको उत्पादनको हालत के छ ? सबैजसो फाँटहरु , खेतबारी बाझै छ किन ? यसको जवाफ छ ?

पोहोर साल मात्रै दूध नबिकेर सहकारीले हप्तामा १००/२०० लिटर खुदिखोलामा फाल्यो पछि दूध व्यावसायि किसानको मैले अगुवाई गरे आफै बजार खोजे किसानलाई एकजुट पारे शुद्ध र स्वस्थकर दूध उत्पादनमा उत्साहित गरे बजारको समस्या हट्यो दुधको माग बढ्यो । माग पुर्ती सम्झौताअनुरूप गर्न सकिएन उत्पादन बढाउन किसान तयार भए तर स्थानीय सरकारले उद्यम बिकास कोषको ५० लाख बैंकमा राखेर कसैले ब्याज खाइरहेको छ तर हामी धितो वा सामुहिक जवानिमा ऋण लगानी गर भन्दा गरेन । मैले छोडें अभियान ।अहिले दूध उत्पादन र बजारको हालत के छ ?

मलाइ किसान भन्दा पनि काङ्ग्रेसको नजरले हेरियो जबकी हाम्रो अभियानमा ९९% एमालेका समर्थक साथीहरू हुनुहुन्थ्यो जो असली किसान र व्यावसायी हुनुहुन्थ्याे । मैले मात्रै साथीहरूकै आग्रहमा अगुवाई गरेको थिएँ । हाम्रो अभियानलाई हराउनु भो तर तपाइले जित्नु भो त ? कसरी ?

अहिले भर्खरै "मर्स्याङ्दी ग्रुप" भेला गरियो धेरै राम्रो । तर ..विधि र बिधान बनाएर यसको समिति र संयोजक छान्नु पर्ने ठाउँमा एमाले पार्टी कमिटीले निर्णय गरेर टिपोट ल्याएर गाउँ पालिका अध्यक्ष आफैले खल्तिबाट निकालेर नाम सार्बजनिक गर्नु भो । त्यत्रा १५० जना उपस्थित जनप्रतिनिधि, ब्यबसायी, युवा र राजनीतिक दल वाङ खाए, रमिते भए ।

त्यो भेला त्यत्रा मान्छे त्यही रमिता हेराउन बोलाइएको थियो ? अझै चासो लाग्दो कुरा के छ भने अध्यक्षज्यू आफै संयोजक बस्नु भयो । पालिका आफै वा स्थानीय सरकारले लगानी गर्ने र पालिका अध्यक्ष आफै बस्नु भनेको स्वार्थ बाझिने र बिधिको सिद्धान्त बिपरित कुरा हो । यसरी शुरूवात नै स्वार्थ र त्रुटिपूर्ण रहेको मर्स्याङ्दी ग्रुपले उत्साह भन्दा शङ्का पैदा गरेको छ ।

हिजो पनि स्थानीय सरकारको लगानीमा मर्स्याङ्दी सहकारी, समूह, फार्म आदिको नाउँमा अनियमितता र अपार असफलता पछि पुनः कुन स्वार्थमा नयाँ ग्रुप खडा गरिदै छ ? समयले बताउला तर यसको साक्षी नेपाली काङ्ग्रेसका ४ जना वडा अध्यक्ष र जनप्रतिनिधि बन्नुहुदैन । यहाँ थुप्रै राजनीतिक स्वार्थ लुकेका छ्न् । तसर्थ हामी अगुवा पार्टी पङ्ति र सम्पूर्ण मर्स्याङ्दी बासीले नेपाली काङ्ग्रेसको तपाईं जनप्रतिनिधिहरु बाट कुनै पनि ब्यक्तिगत स्वार्थ र साइनो भन्दा माथी उठेर पार्टी र पालिकालाइ अहित हुने कुनै पनि काम हुनेछैन भन्नेमा आशावादी छौ । हेक्का रहोस ! तपाइहरु जनप्रतिनिधि मात्रै नभै सिङ्गै नेपाली काङ्ग्रेस पार्टीको पनि प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

हिजैदेखी मर्स्याङ्दी गाउँ पालिकाको खोला , नदि र प्राकृतिक श्रोत साधन माथि एउटा समुहको गिद्दे नजर छ । विभिन्न पार्टी , ग्रुप र समूहले अकुत फाइदा लिंदै आएको छ र अघोषित ग्रुप आबद्ध केही मुठ्ठीभर टाठाबाठा अनि नेता भनाउँदाहरु जिल्ला बाहिर ५/७ वटा घडेरी र करोडौं बैंक ब्यालेन्स राख्न सक्ने आर्थिक हैसियतमा छ्न्, कहाँबाट आयो त्यत्रो आर्थिक हैसियत ? तिनीहरुले त्यस्तो रात दुईगुणा दिन चौगुणा हुने के काम गरेका छ्न् ?

तसर्थ मर्स्याङ्दी गाउँ पालिका भित्रको प्राकृतिक श्रोतसाधन कुनै समूह, पार्टी वा नेताहरूको निजि सम्पत्ति वा अपुताली होइन । सबै मर्स्याङ्दी गाउँपालिकाबासी जनताको साझा सम्पत्ति हो र त्यसमा सबैकाे उत्तिकै हक अधिकार छ ।

यदि राजनीतिक र दलीय स्वार्थ भन्दा माथी उठेर सकारात्मक सोचका साथ सबै पालिका बासिलाइ समेटेर जाने हो भने यो अवधारणा र सोच "मर्स्याङ्दी ग्रुप" आफैमा परिबर्तनकारी र बिकासकाे सहायक छ । जय नेपाल !

प्रतिक्रिया