बेसीशहर । कृषि ज्ञान केन्द्र लमजुङ गण्डकी प्रदेशमा सर्वाेत्कृष्ट कार्यालय घाेषित भइ पुरस्कृत भएकाे छ । कृषि बिकास निर्देशनालय, गण्डकी प्रदेश, पोखरले मातहतका कार्यालयमध्ये कृषि ज्ञान केन्द्र लमजुङलाइ सर्वाेत्कृष्ट घाेषणा गरी पुरस्कृत गरेकाे हाे ।
कृषि विकास निर्देशनालयले गरेकाे मूल्याङ्कनका अाधारमा आ. ब. २०७९/०८० मा गण्डकी प्रदेश मातहतका कार्यालयहरुमध्ये कृषि ज्ञान केन्द्र लमजुङ कार्यालयको प्रशासनिक ब्यबस्थापन र मूल्याङ्कनमा सर्वाेत्कृष्ट ठहर भएकाे थियाे।

कृषि विकास निर्देशनालय पाेखरामा गत साउन १० देखि १२ सम्म सञ्चालन भएकाे समीक्षा गाेष्ठीमा गण्डकी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी. र निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले शनिबार पाेखरामा एक समाराेहबीच कृषि ज्ञान केन्द्र लमजुङका निमित्त प्रमुख कृषि अर्थबिज्ञ मदन रेग्मीलाइ पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।
पुरस्कारका लागि कार्यालयबाट प्रवाह हुने सेवा, सूचना प्रणाली, कार्यालय ब्यवस्थापन, सेवाग्राहीले कार्यालयबाट पाउने सेवा सुविधाहरूमा कार्यालयले खेलेकाे भूमिका लगायतका मापदण्डलाइ मूल्याङ्कनकाे अाधार बनाइएकाेमा कृषि ज्ञान केन्द्र लमजुङ गण्डकी प्रदेशमै सर्वाेत्कृष्ट भइ उक्त पुरस्कार पाएकाे हाे ।

कृषि ज्ञान केन्द्र लमजुङ गएकाे गणतन्त्र दिवसका अवसरमा पनि लमजुङ स्थित प्रदेश सरकार मातहतका कार्यालयमध्ये सर्वाेत्कृष्ट भइ पुरस्कृत भएकाे थियाे । लमजुङस्थति प्रदेश सरकार मातहतका कार्यालयमध्ये उत्कृष्ट कार्यालय छनाेट भइ कृषि ज्ञान केन्द्र लमजुङ २०७९ सालकाे उत्कृष्ट नमूना कार्यालय घाेषणा भइ नगद ३० हजार पुरस्कार जितेकाे थियाे । गणतन्त्र दिवसका अवसरमा पाेखरामा एक समाराेहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडालाइ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।