मर्स्याङ्दी गाउँपालिकाे बजेट ५२ कराेड ४८ लाख

भुलभुले (लमजुङ) । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपियाँको बजेट प्रस्ताव गरेकाे छ ।

आइतबार गाउँपालिकाकाे पन्ध्राैं गाउँअधिवेशनमा उपाध्यक्ष जुनामाया थापाले अगामी आर्थिक वर्षका लागि ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपियाँको अनुमानित बजेट प्रस्तुत गर्दै बजेटको स्रोत संघीय सरकारको वित्तीय समानिकरण अनुदान ८ करोड ३६ लाख, प्रदेश सरकारकाे वित्तीय समानिकरण अनुदान १ कराेड ४ लाख ७५ हजार, नेपाल सरकारकाे राजश्व बाँडफाट अन्तर्गत ९ करोड ९९ लाख २९ हजार, प्रदेश सरकारकाे राजस्व वाँडफाँडबाट ८७ लाख ७५ हजार, अान्तरिक राजस्वतर्फ १ कराेड, संघीय सरकारकाे सशर्त अनुदानबाट २४ कराेड ८९ लाख, संघ सरकारकाे विशेष अनुदान तर्फ ८० लाख, संघ सरकारकाे समपुरक अनुदानतर्फ ५० लाख, प्रदेश सरकारकाे विशेष अनुदानतर्फ ६० लाख, प्रदेश समपुरक अनुदान ५० लाख रहने अनुमान गरिएकाे उनले बताइन् ।

अागामी बर्षका लागि अायतर्फ जलविद्युत राेयल्टी बापत ३ कराेड २९ लाख, पर्वताराेहण बापत प्राप्त हुने राेयल्टी ३ लाख, वन पैदावर राेयल्टी १ लाख २० हजार ३ सय, गरिवसंग विश्वेश्वर कार्यक्रमतर्फ ४ लाख ६५ हजार, प्रदेश तथा स्थानीय क्षमता विकास कार्यक्रमतर्फ ३ लाख ८० हजार ९ सय ४२ काे अनुमान र अघिल्लाे अनुमानित नगद माैजात ५९ लाख रहेकाे बजेट प्रस्तुत गर्दै उपप्रमुख थापाले जानकारी गराइन् ।

प्रस्तुत बजेटमा चालू खर्चतर्फ ७ कराेड ४१ लाख र पुँजीगत खर्चतर्फ १८ कराेड १० लाख रूपियाँ रहेकाे बताइएकाे छ ।

बजेटमा कृषि, पशुपंक्षी तथा जडिबुटी क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्वि र बजारीकरण गर्न २ कराेड २५ लाख, जडिबुटी विकास तथा प्रशाेधनका लागि ५० लाख, सीप तथा क्षमता विकास तालिमका लागि २० लाख, शिक्षाकाे विकासका लागि २ कराेड, विपन्न, दलित, अादिवासी जनजाति बालबालिकाकाे प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न ५ लाख बजेट विनियाेजन गरिएकाे छ । 

स्वास्थ्यतर्फ १ कराेड, एकल पुरूष सामाजिक सुरक्षा भत्ताका लागि १० लाख, सडक मर्मतसम्भारका लागि ३० लाख, ग वर्गका अपांगता भएका ब्यक्तिकाे सामाजिक सुरक्षा भत्ताका लागि १० लाख बजेट विनियाेजन गरिएकाे छ ।


गाउँपालिकाले नयाँ सडक निर्माण तथा स्तरउन्नतिका लागि अाफ्नै एक्साभेटर खरिद गर्न १ कराेड २० लाख छुट्याएकाे छ । वडागत विशेष याेजनाहरूलाई संवाेधन गर्न ९० लाख र साना याेजनाका लागि ५० लाख विनियाेजन गरिएकाे छ । ग्रामीण तालिम केन्द्रकाे जग्गा खरिदका लागि २० लाख, सहिद तथा बेपत्ता स्मृति अध्ययन केन्द्रमा पुस्तकालय स्थापनाका लागि ३ लाख बजेट विनियाेजन गरिएकाे छ । 

वडाबाट छानिएका गाउँवस्तीका याेजनामा ६ कराेड बजेट ब्यबस्था गरिएकाे छ । संघ तथा प्रदेश सरकारकाे साँझेदारीमा गाउँपालिकाकाे प्रशासकीय भवन निर्माणका लागि १ कराेड २० लाख बजेट विनियोजन भएकाे छ । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले कृषि उत्पादन, बजारीकरण र युवा राेजगारका लागि क्षमता विकासका लागि बजेटले जाेड दिएकाे बताए । नयाँ एक्साभेटर खरिदपछि पालिकाका सबै सडक बाह्रै महिना सुचारू गर्न, नयाँ खन्न र स्तरवृद्वि गर्न सहज हुने उनले बताए ।

प्रस्तुत बजेटमाथि विभिन्न वडाका वडाध्यक्षहरूले टिप्पणी गरेका थिए । बजेटसंगै गाउँसभाले गाउँपालिकाकाे अार्थिक विधेयक-२०८० र गाउँपालिकाकाे साँझेदारीमा कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन विधेयक-२०८० पारित गरेकाे प्रशासन प्रमुख अर्जुन चपाईँले जानकारी दिए ।

प्रतिक्रिया