लम्पी स्किन राेगका कारण चिन्तामा परेका दाेर्दीका किसानलाइ अनुदानमा हाते ट्याक्टर

दाेर्दी । लम्पी स्किन राेगका कारण गाेरू विरामी पर्ने र मर्ने समस्याले चिन्तामा परेका र असार सकिन लाग्दा पनि खेत राेप्न नपाएका दोर्दीका किसानहरूलाइ दाेर्दी गाउँपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेकाे छ ।


गत जेठदेखि दाेर्दीमा लम्पी स्किन राेग फैलिएपछि त्यहाँ दर्जनाैं गाेरू विरामी परेर जाेत्न नसक्ने अवस्थामा छन् । किसानले पालेका दर्जनाैं गाेरू यही राेगका कारण मरेपछि चिन्तामा परेका किसानलाइ राहतस्वरूप अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे हाे ।


गाउँपालिकाले पालिकाका विभिन्न वडाका ६० जना किसानलाइ ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे कृषि शाखाका प्रमुख नरहरि घिमिरेले जानकारी दिए । खेत राेपेर सक्ने बेलासम्म राेपाइँ शुरू गर्न नपाएका किसानलाइ पालिकाले बाँडेकाे हाते ट्याक्टरले ठूलाे राहत दिएकाे छ । यद्यपी दाेर्दीमा किसानकाे माग अनुसार हाते ट्याक्टर वितरण हुन भने सकेकाे छैन ।


लम्पी स्किन रोगका कारण गोरु मरेका १३ जना किसान र पालिकामा हाते ट्याट्क्टरकाे माग गरी आवेदन पेश गरेका ४७ जना गरी ६० किसानलाई हातेट्याक्तर वितरण गरिएको कृषि शाखाले जनाएकाे छ ।  गोरु मरेका किसानका लागि विपद् ब्यवस्थापन काेषबाट रकम निकालेर हाते ट्याक्टर उपलब्ध गराइएकाे बताइएकाे छ ।


गाउँपालिकाले ६ र ७ हर्षपावरका हाते ट्याक्टर वितरण गरेकाे हाे । ६ हर्षपावरकाे हाते ट्याक्टरका लागि किसानले १४ हजार र ७ हर्ष पावरका  लागि  २४ हजार २ सय ५० रुपैया लगानी गरेका छन् ।


दोर्दी गाउँपलिकामा मात्र लम्पी स्किन राेग संक्रमणका कारण  १५ भन्दा बढी गोरु मरेका र दर्जनाैं हलगाेरू विरामी परेका पशुपंक्षी विकास शाखाले जनाएको छ । 


सम्बन्धित खबर

दाेर्दीमा लम्पी स्किन राेग नियन्त्रण बाहिर, खेत राेप्न नपाइने हाे कि भन्ने किसानकाे चिन्ता


 

प्रतिक्रिया