३५ वटा वडाहरुमा वडा भेला तथा अधिवेशन सम्पन्न, रास्वपाकाे जिल्ला अधिवेशन जेठ २३ र २४ गते

खबरकुञ्ज

बेसीशहर, जेठ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लमजुङका ३५ वटा वडाहरुमा वडा भेला गरी तदर्थ समिति गठन तथा वडा अधिवेशन सम्पन्न गरेको छ ।

रास्वपाको केन्दीय कार्यालयले सबै जिल्ला समितिहरुलाई वडा, नगर तथा गाउँ तथा जिल्ला अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरे अनुसार लमजुङ जिल्लामा पनि जेठ २ र ३ गते वडा भेला गरी वडा समिति गठन नभएका वडामा तदर्थ समिति गठन तथा तदर्थ समिति गठन भइसकेका वडाहरुमा वडा अधिवेशन सम्पन्न गरिएको हो ।


रास्वपा लमजुङले शनिबार लमजङुमा वडा समिति गठन हुन बाँकी विभिन्न पालिकाका १७ वटा वडामा वडा भेला सम्पन्न गरी तदर्थ समिति गठन गरेको छ । रास्वपा लमजुङका सभापति अशोक सापकोटाले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत वडा भेलाबाट स्थानीय तहमा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले वडा समिति गठन गरिएको जानकारी दिए । सापकोटाका अनुसार बेसीशहरको वडा न ं ४ र ५, सुन्दरबजारको वडा नं  ११ , मध्यनेपालको वडा नं १, राईनासको वडा नं ५, ६, ८ र १०, मस्र्याङदी गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७, दोर्दी गाउँपालिकाको वडा नं ३, क्व्होलसोथार गाउँपालिकाको वडा नं ४ र दूधपोखरी गाउँपालिकाको वडा नं २ र ५ मा वडाभेला मार्फत तदर्थ वडा समिति गठन गरिएको छ ।

यसगैरि रास्वपाले आइतबार लमजुङका विभिन्न १८ वटा वडामा वडा भेलामार्फत वडा अधिवेशन सम्पन्न गरेको छ । बेसीशहरको वडा नं १, सुन्दरबजारको वडा नं २, ३, ४, ५ र १०, मध्यनेपाल नगरपालिकाको वडा नं. १, २, ३ र ७, मस्र्याङदी गाउँपालिकाको वडा नं २, ३, ८ र ९, दोर्दी गाउँपालिकाको वडा नं १, २ र ८, क्व्होलसोथार गाउँपालिकाको वडा नं ४ मा आइतबार वडा अधिवेशन गरिएको हो ।


रास्वपा लमजुङका सचिव रमा खड्काका अनुसार जेठ २ गते तदर्थ समिति गठन भएका वडाहरुमा जेठ १६ गते वडा अधिवेशन गरिने छ । त्यस्तै वडा समिति गठन भएका पालिकाहरुमा जेठ ९ गते तदर्थ समिति गठन गर्ने र जेठ १० गते पालिका अधिवेशन गर्ने तयारी छ । वैशाख २५ गते अघि समिति गठन भइसकेका पालिकाहरूमा जेठ १० गते अधिवेशन गर्ने निर्णय रास्वपाले गरेको छ । 

जेठ १० गते अगाडि समिति गठन भएका बाँकी पालिकाको अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ । जस अनुसार मध्यनेपाल नगरपालिका, मस्र्याङदी, दोर्दी, क्व्होलसोथार र दूधपोखरी गाउँपालिकामा जेठ ९ गते पालिका तदर्थ समिति गठन गर्ने कार्यक्रम छ ।

त्यसैगरि सुन्दबजार, मध्यनेपाल नगरपालिका र मस्र्याङदी गाउँपालिकामा जेठ १० गते पालिका अधिबेशन हनुेछन् । रास्वपा लमजङुको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ र २४ मा बेसीशहरमा हुनेछ ।

प्रतिक्रिया