मर्स्याङदी गाउँपालिकाकाे नीति कार्यक्रमः आर्थिक विकासको गतिले मात्रै समृद्ध पालिका निर्माण गर्न सकिने ठहर

भुलभुले । लमजुङकाे मर्स्याङदी गाउँपालिकाले कृषि, पर्यटन, उर्जा र पूर्वाधारको विकास नै समृद्ध  गाउँपालिका निर्माणको आधार हुनेमा पुनः जाेड दिएकाे छ ।

मंगलबार गाउँपालिकाको कार्यालयमा सम्पन्न गाउँसभाकाे वैठकमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले आगामी आर्थिक बर्षको नीति  तथा कार्यक्रम पेश गर्दै पालिकाले अंगिकार गरेकाे नारा नै समृद्ध पालिका बनाउने सुत्र हुने उल्लेख गरे ।

नीति तथा कार्यक्रममा जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ । 

सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको पनि नीति कार्यक्रममा उल्लेख छ । 

नीति कार्यक्रममा पूर्वाधार विकास, आर्थिक विकासको गतिले मात्रै समृद्ध गाउँपालिका निर्माण गर्न सकिने ठहर गर्दै यस्तै विषयहरुलाई प्राथमिकतामा राखेर यो नीति तथा कार्यक्रम प्रस्ताव गरेको अध्यक्ष गुरुङले बताए ।

नीति कार्यक्रमकाे पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेस् ।https://khabarkunja.com/content/epaper/imagextl12hdh4.pdf

 भिडियाे हेर्नुहाेस् ।


प्रतिक्रिया