तामाखानीकाे भालुखाेलामा झाेलुंगे पुल, स्थानीय हर्षित

साेतीपसल । तीन बर्ष अघि भालुखाेलाकाे बाढीले बाटाे र सडक सबै बगाएपछि समस्यामा परेका मध्यनेपाल नगरपालिकाले वडा नं. २ स्थित तामाखानी गाउँमा झाेलुंगे पुल बनेपछि स्थानीय हर्षित भएका छन् ।

मध्यनेपाल नगरपालिकाकाे वडा नं. २ तान्द्राङ टक्सारकाे तामाखानी गाउँमा रहेकाे भालुखाेलामा २०७७ असार २९ गते ठूलाे बाढी आएकाे थियाे । बाढीकाे कटानले सडक र गाेरेटाे बाटाे सबै भत्काएपछि स्थानीय बासीन्दालाइ आवत जावतमा निकै समस्या परेकाेमा साेही ठाउँमा नगरपापलिकाकाे सक्रियतामा झाेलुंगे पुल निर्माण भएकाे वडाध्यक्ष पदम बहादुर थापाापले बताए ।

झाेलुंगे पुलकाे मंगलबार मध्यनेपालका मेयर रमेश पाण्डेले एक समाराेहबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बाेल्दै उनले नगरपालिका जनताकाे सुखदुःखमा संगै रहेकाे भन्दै नगरकाे विकासका लागि नगरपालिका प्रयत्नशील रहेकाे बताए । 


मध्यनेपाल नगरपालिकाकाे प्राविधिक शाखाका सबइन्जिनियर ठाकुर कृष्ण घिमिरेले गण्डकी प्रदेश सरकारकाे झाेलुंगेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ४७ लाख रुपैयाँको लागतमा भालुखाेलामा ८१ मिटर लामाे झाेलुंगे पुल निर्माण भएकाे जानकारी दिए । झाेलुंगे पुलका लागि मध्यनेपापाल नगरपालिकाकाे ६ लाख १५ हजार र स्थानीय बासीन्दाकाे झण्डै १ लाख बराबरकाे श्रमदान रहेकाे उनले बताए ।

समीभञ्ज्याङ, रम्घा, सुर्यपालका बासीन्दालाइ जीता, कुन्छा लगायत सदरमुकाम बेसीशहर जान आउन र उत्तरीक्षेत्रका बासीन्दालाइ दमाैली पाेखरा जाने मूलबाटाेकाे रूपमा रहेकाे भालुखाेलामा बाढीले बाटाे भत्काएपछि अावागमनमा निकै समस्या परेकाे थियाे । ढिलै भए पनि झाेलुंगे पुल भएपछि स्थानीयले राहतकाे महशुस गरेका वडाध्यक्ष थापाले बताए ।

प्रतिक्रिया