बेसीशहर, चैत २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राईनास नगरपालिकामा नगर समिति गठन गरेको छ ।
पार्टीका केन्द्रीय उपसभापाति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा शनिबार राइनासमा सम्पन्न नगर भेलाले रास्वपाको नगर समिति गठन गरेको हो ।

नवगठित नगर समितिका सभापतिमा धनबहादुर गुरुङ, उपसभापतिमा लिलबहादुर गुरुङ, सचिवमा शुभनाथ चिलुवाल र कोषाध्यक्ष्मा हरिकला पन्थी चयन भएका छन् ।
नवगठित समितिको खुला सदस्यमा विश्वलाल श्रेष्ठ, रामबहादुर थापा, जगतलाल श्रेष्ठ, दलित सदस्यमा पृथलाल विश्वकर्मा र महिला सदस्यमा मोतिमाया श्रेष्ठ चयन भएका छन् ।
रास्वपाले शनिबार नै राईनासको वडा नंं ९ मा पनि राजु गुरुङको सभापतित्वमा
वडा समिति गठन गरेको छ । नवगठित वडा समितिको उपसभापतिमा अर्जुन गुरुङ, सचिवमा रोजन गुरुङ, खुला सदस्यमा थमन बहादुर थापार ओमप्रसाद गुरुङ, टकबहादुर गुरुङ,महिला सदस्यमा विना गुरुङ, दलित सदस्यमा रवि विश्वकर्मा र काशी विश्वकर्मा चयन भएका छन् ।
यसैगरि वडा नंं ३ मा पनि रास्वपाको वडा समिति गठन भएको छ । उक्त वडाको सभापतिमा रामजी बास्कोटा, उपसभापतिमा कृष्णप्रसाद पन्थी, सचिवमा तिलक मगर र सदस्यहरुमा शिवप्रसाद पन्थइ र सृजना शाही चयन भएका छन् ।
खबरकुञ्ज