प्रचण्ड र भट्टराईविरूद्ध दायर रिटमा आज सर्वाेच्च अदालतले सुनुवाइ गर्दै

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरूद्ध दायर रिटमा आज सर्वाेच्च अदालतले सुनुवाइ गर्ने भएकाे छ ।

पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै  प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराई लगायतका नेताहरू विरूद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकामा अदालतले त्यसमाथि सुनुवाइ गर्न लागेको हो । 

पूर्व बाल सेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्टसहित बहिर्गमित जनमुक्ति सेनाका संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन ‘जनयुद्ध’का नायक प्रचण्ड, डा. भट्टराईसहित गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाईसमेत विपक्षी बनाएर रिट दर्ता गरेका थिए।

उक्त रिट निवेदनमा विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि  न्याय नमिलेकाे, बाल सेनाको पहिचानसमेत नभएकाले पहिचान दिई परिपूरण क्षतिपूर्तिको माग गरिएको छ।

प्रतिक्रिया