बेसीशहर, माघ ७ गते । लमजुङकाे दाेर्दीमा आज साँझ जीप दुर्घटना हुँदा घाइते भएकामध्ये गम्भीर घाइते भएका १ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा दाेर्दी गाउँपालिका वडा नंं ४ का ५४ बर्षका पूर्णबहादुर तामाङ रहेका दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले बताए । उनलाइ उपचारका लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएकाेमा चिकित्सकहरूले मृत घाेषणा गरेका हुन् । दुर्घटनामा परी घाइते भएका गङ्गामाया गुरुङ र मुन्नि कुमारी तमाङकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।
सदरमुकाम बेसीशहरबाट दाेर्दीकाे कामचाेक जाँदै गरेकाे ग१ज ७५६१ नम्बरकाे बालेराे जीप आज साँझ ५.४० बजे सिमल बिसाैनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएकाे थियाे ।
जीपमा चालकसहित ६ जना सवार रहेका थिए । दुर्घटनामा परी चालकसमेत सामान्य घाइते भएका छन् र उनी प्रहरीकाे नियन्त्रणमा रहेकाे बुझिएकाे छ । जीपमा सवार अन्य यात्रुहरू सकुशल छन् ।