स्ववियू निर्वाचनः मर्स्याङदी बहुमुखी क्याम्पसमा अनेरास्ववियूकाे रोमाञ्चक जीत

मिलन शर्मा दनाई

बेसीशहर, चैत ५ गते । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको मर्स्याङदी बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियू निर्वाचनमा अनेरास्ववियूले रोमाञ्चक जीत निकालेको छ ।

जिल्लामै सर्वाधिक धेरै विद्यार्थी अध्ययन गर्ने यो क्याम्पसमा मंगलबार सम्पन्न स्ववियू निर्वाचनमा अनेरास्ववियूले एक सदस्य बाहेक सबैमा जीत निकालेको छ । नेविसंघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीबीच भएको प्रतिस्पर्धामा अनेरास्ववियूलै नेविसंघ भित्रको अन्तरविरोधको फाइदा उठाउँदै केही मतान्तर मात्रले राेमाञ्चक जीत निकालेको हो ।

मतगणनाको अन्तिम परिणाम अनुसार स्ववियू सभापतिमा अनेरास्ववियूका मदनकुमार वि.क.१९९ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघका पूर्णबहादुर गुरुङले १९६ मत पाए । सचिवमा अनेरास्ववियूका गणेश अधिकारी २३४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वण्द्धी नेविसंघका सन्तोष वि.कले १५१ मत पाए ।

कोषाध्यक्ष पदमा अनेरास्ववियूका मुना गुरुङ २०६ मतका साथ विजयी हुँदा नेविसंघका  जमुना श्रेष्ठले १९१ मत प्राप्त गरिन् ।

स्ववियूको सदस्यमा अनेरास्ववियूका ममता घिमिरे २०४, बिशेष गुरुङ २०४, सुदर्शन पौडेल २०२ र हेमकुमारी वि.क १९७ मतका साथ विजयी भए ।

स्ववियूको सदस्यमा नेविसंघबाट एकमात्र उमेदवार बर्षा रिमाल १९५ मतका साथ विजयी भइन् ।

स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले पनि छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो । तर उनीहरुले उल्लेख्य मत पाउन सकेनन् । सभापतिका उमेदवार आयुष सुनारले १४ मत मात्र पाए ।

प्रतिक्रिया