हरिदेवी काेइरालाकाे लाेकगीत 'पाइन खबर'काे म्युजिक भिडियाे युट्युवमा

मिलन शर्मा दनाई

पाेखरा । चालिसकाे दशकमा तहल्का मच्चाएकाे र जनजनकाे जिब्राेमा झुण्डिएकाे "पाइन खबर" नामकाे लाेकगीतकाे भिडियाे युट्युवबाट सार्वजनिक भएकाे छ । बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाकाे शब्द, स्वर र संगीतमा रहेकाे उक्त लाेकगीतकाे भिडियाे मंगलबार सार्वजनिक भएकाे हाे।

स्वर किन्नरी काेइरालाले याे गीत २०४२ सालमा रेकर्ड गराएकी थिइन् । याे उनकाे पहिलाे गीतसमेत हाे । यही गीतकाे सफलताले उनी नेपाली लाेकगीत संगीतमा चम्किएकी थिइन् । घरपरिवारकाे गरिबी र दुःख हटाउनका लागि परदेश  गएकाे श्रीमानकाे कुनै खबर नपाएपछि उसकाे वियाेगमा छटपटाएकी श्रीमतिका विलाैनाकाे भाव बाेकेकाे याे गीत त्यतिबेला सर्वाधिक रूचाइएकाे थियाे । काेइरालाले अहिले साेही गीतलाइ भिडियाेमा ढालेकी हुन् ।

याे गीतकाे भिडियाे हरिदेवी काेइरालाकाे आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएकाेछ ।  गीतमा हरिदेवी काेइरालाकाे पुरानै स्वर सुन्न सकिन्छ । उनका श्रीमान् रामबहादुर काेइरालाकाे निर्माण र निर्देशन रहेकाे याे म्युजिक भिडियोमा नबिन तिमिल्सिना, सगुन नेपाल, बिष्णुमाया लामिछाने, राम बहादुर कोइराला, नेत्र प्रसाद ढकाल, भवन पन्त र राजु नेपालीले अभिनय गरेका छन् । 

काेइराला गायन बाहेक साहित्यिक रचनामासमेत क्रियाशील छन् । उनका अहिलेसम १० वटा कृति प्रकाशन भइसकेका छन् । दुइवटा कविता संग्रह प्रकाशाेन्मुख छन् ।

भिडियाे हेर्नुहाेस् ।


प्रतिक्रिया