काठमाडौँ । नेपाली कांग्रेसले जाजरकाेट केन्द्र भइ गएराती गएकाे ६.४ म्याग्निच्युटकाे भुकम्पबाट पीडितहरूकाे उद्धार, राहत र पुन:स्थापनाका लागि ५० लाख रूपैयाँ दिने भएकाे छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले पार्टीले सरकारी कोषमा ५० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । मुख्य सचिव पौडेलले बिज्ञप्ती जारी गरी पार्टीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।

बिज्ञप्तीमा भुकम्पबाट जाजरकाेट र रूकुम लगायतका स्थानमा गएराती गएकाे भुकम्पबाछ ठूलाे संख्यामा मानवीय, भाैतिक क्षति भएकाे र सयाैं घाइते भएकाे घटनाले समस्त नेपालीलाइ दुखी र मर्माहत बताएकाे उल्लेख छ । यस्ताे समयमा राजनीतिक दल, सरकार, संघसंस्था एकजुट भएर विपत्तीकाे सामना गर्न कांग्रेसले अपील गरेकाे छ । साथै कांग्रेसले बिज्ञप्तीमार्फत स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको छ ।