तीन वडाले शुरू गरे नागरिकताकाे अनलाइन सिफारिस सेवा

खबरकुञ्ज

बेसीशहर, चैत ६ गते । लमजुङमा नागरिकताका लागि अनलाइनमाफत सिफारिस सुरु भएको छ । लमजुङमा राईनास नगरपालिकाको वडा नं ५ र बेसीशहर नगरपालिकाको वडा नं ५ र ८ ले नागरिकताको अनलाइन सिफारिस शुरु गरेका हुन् ।

गत साताबाट राईनासको वडा नम्वर ५ बाट जिल्लामै पहिलो पटक अनलाईन सिफारिस  शुरु भएकोमा आइतबार र सोमबार बेसीशहरका दुईवटा वडाले समेत अनलाईन सिफारिस शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुबले सवै स्थानीय तहका ७५ वटै वडा कायार्ल यबाट नागरिकताकोलागि दिइने सिफारिसलाई अनलाइनमा लिने प्रणालीको सुरुवात गरे पनि हालसम्म जम्मा तीनवटा वडालेमात्र अनलाईन सिफारिस शुरु गरेका हुन् ।

राईनास नगरपालिकाको ५ नम्बर वडाबाट पहिलो अनलाइन सिफारिसको सेवाग्राहीको रुपमा स्थानीय शुभेच्छा परियारले सेवा पाएकी छन् । बेसीशहरको वडा नं ५ बाट अनलाइन सेवा पाउनेमा रिजन गुरुङ पहिलो सेवाग्राही बनेका वडा सचिव ऋषि सुवेदीले जानकारी दिएका छन् । बेसीशहरकै वडा नं ८ बाट नागरिकताका लागि पहिलो सिफारिस पाउने सेवाग्राही अश्विन दनाई रहेका वडा सचिव जसबहादरु राईले जानकारी दिए । 

ती सेवाग्राहीहरुले नागरिकता बनाउनकोलागि वडामा सिफारिस माग्दै निवेदन दिएकामा सम्बन्धित वडा कार्यालयहरुले जिल्ला प्रशासन कार्यालयलाई अनलाईनमार्फत सिफारिस गरेका हुन् । अन्य स्थानीय निकायका विभिन्न वडाहरुले पनि विस्तारै अनलाईन सिफारिस थाल्ने तयारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बिज्ञान पौडेलले राईनासको वडा नं ५, बेसीशहरको वडा न.ं ५ र ८ बाट नागरिकताको लागि अनलाईन सिफारिस सेवा शुरु भएको जानकारी दिँदै अन्य वडा कार्यालयहरुले अनलाइन सिफारिसको तयारीमा रहेका बताए । उनले यसका लागि कार्यालयले पनि सबै वडाका जनप्रतिनिधि र वडा सचिवहरुलाई अभिमखुीकरण गराइ सबै वडालाई युजर आइडि र पासवार्ड प्रदान गरिसकिएकोले सेवा शुरु गर्न पुनः पत्राचार भएको बताए । 

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यो प्रणाली लागू भएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकताको विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, स्वीकृति दिन सहज हुने र कार्यालयबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सवोलाई छिटो, छरितो, त्रुटिरहित र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने बताए ।

इ गभर्नेन्सको अबधारणा अनुसार गृह मन्त्रालयले वडा कार्यालयलाई जिम्मेवार बनाउन, सेवाग्राहीलाई सजिलो, झन्जटमुक्त सेवा दिन दशभर अनलाईन प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

यो प्रणाली अन्तर्गत नागरिकले वडा कार्यालयमा उपस्थित भएर कागजात बुझाउन पर्छ । सम्बन्धित वडाका सचिवले कागजातका आधारमा कागजात प्रमाणित गरी कार्यालयलाई प्राप्त युजर आईडि हानेर जिल्ला प्रशासनको सिस्टममा विवरण प्रविष्ट गर्ने, फाइल अपलोड गर्ने र अन्य आवश्यक विवरण पठाउने कार्य अनलाइनमार्फत गर्छन् ।

यो सेवा पाउन सेवाग्राहीले आवश्यक कागजपत्रसहित वडा कार्यलय जानुपर्छ । वडाका कमर्चारीले अनलाइन प्रणालीमा प्रविष्ट गरेपछि सेवाग्राहीले विवरण रुजु गर्नुपर्छ र त्यो विवरण वडा कार्यालयले अनलाइनमार्फत जिल्ला प्रशासन कार्यालयको सिस्टममा पठाउँछ ।

अनलाइन सिफारिस सेवाले नागरिकले सहज तरिकाले नागरिकता प्राप्ति गर्ने विश्वास गरिएको छ ।

हाललाई वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने बताइएको छ ।


प्रतिक्रिया