लमजुङको दोर्दी करिडोरमा संचालित जलविद्युत आयोजनाहरुले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा जनाएको प्रतिबद्धता अनुसार खोलामा १० प्रतिशत पानी अनिवार्य रुपमा छोड्ने प्रतिबद्धता जनाएका छन् ।
दोर्दी गाउँपालिकाको कार्यालयमा सोमबार बसेको गाउँपालिकाका जनप्रतिनिधि, जलविद्युत आयोजनाका निर्माण कम्पनीका प्रबद्र्धक तथा प्रतिनिधि र सरोकारवालाहरुको संयुक्त वैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो ।
वैठकमा दोर्दी गाउँपालिका भित्र संचालित सबै जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताको आधारमा दोर्दी गाउँपालिकाका खेलाहरु दोर्दी, किसेदी र छ्याङदीमा माछाका भुरा छोड्ने निणर्य वैठकले गरेको छ ।
यसका लागि दोर्दी गाउँपालिकाको नेतृत्वमा बाताबरण बिज्ञसंग सहकार्य गरिने बताइएको छ ।
वैठकमा दोर्दी गाउँपालिका भित्र संचालित जलविद्युत आयोजनाले सुरुमा गरेको प्रस्तावित लागत रकमको सामाजिक दायित्व खर्च रकम यकिन गर्न र हाल संचालन भए पछिको अन्तिम चरणको रकमको सामाजिक उत्तरदायित्व र स्वास्थ्य सम्बन्धी खर्च अर्को बैठकमा पेश गरि एकमुष्ट रकम जम्मा गर्ने र गाउँपालिकाले सो रकमबाट विभिन्न योजना संचालन गर्ने सहमति भएको छ ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको वैठकमा उपाध्यक्षबिच्छ बहादुर घले, सुपरदोर्दी जलविद्युत आयोजनाका संचालक रामशरण अधिकारी, लिवर्टी हाइड्रो जनसम्पर्क अधिकृत जिवन घिमिरे, दोर्दी जलविद्युत-१ का सञ्चालक संजिव कुमार शाह, प्रशासन शाखाका हरि पन्थी हिमालयन पावर पार्टनरका प्रवन्धक धिराज सिग्देल, छ्याङ्दी जलविद्युत आयोजनाका प्लान्ट ईन्चार्ज संजित पोखरेल, साइट इन्चार्ज सरद कुमार पौडेल लगायत दोर्दी गाउँपालिका कर्मचारीहरुको उपस्थिति थियो ।