बेसीशहर, असार २ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले मनसुन सक्रिय भएसंगै जिल्लाका विभिन्न स्थानहरुमा बाढी पहिरिो, चट्याङ लगायत मनसुन जन्य विपदका घटनाहरु घट्न सक्ने भएकाले जनधनको क्षति रोक्न सावधानी अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।
प्रशासन कार्यालयले एक जरुरी सूचना प्रकाशित गरी यो बर्ष गत बर्षहरुको तुलनामा नेपालमा बढी बर्षा हुने अनुमान गरिएको अवस्था रहेकोमा सचेत गराउँदै सम्भावित विपदका घटनामा सज र सतर्क भई होसियारी अपनाउन आग्रह गरेको हो । कार्यालयले कुनै घटना घटेको जानकारी भएमा तुरुन्तै नजिकको सुरक्षा निकाय वा सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
कार्यालयले प्रकाशित गरेको सुचनामा खोला नदीमा बषातको समयमा उच्च बाढी आउने भएकाले नदीजन्य क्षेत्रमा उच्च सतर्कता अपनाउन, खोला वा नदीजन्य क्षेत्रमा पानीको बहाव बढेसंगै सावधान हुन, पानीबाट बढ्न सक्ने संक्रमणलाई रोक्न पानी उमालेर वा सुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरिएकाे छ ।
पहिरो र बाढीको उच्च जोखिम भएका स्थानबाट सुरक्षित स्थानमा बस्न, जलविस्तु आयोजना जुनसुकै बेला पनि बाँध खोल्न सकिने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन, चट्याङ, हावाहुरी लगायत जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न, विपदको समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, सुत्केरी महिला, बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन पनि प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकणर्राज सुयलले जारी गरेको सूचनामा बाढी आएको समयमा खोला नदीहरुमा माछा मार्ने, दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न पनि अपील गरेको छ । पहिरोको जोखिम भएका क्षेत्रहरुमा बर्षातको पानीको उचित निकासको ब्यवस्था गर्न, भारी बर्षाको समयमा जरुरी काम भएको अवस्थामा बाहेक यात्रा नगर्न, मनुसनुको मसमायमा मौसम पूर्वानुमान सम्बन्धी आधिकारिक सूचना र साइरनको बिशेष ध्यान दिन र विपद उद्धार र राहतमा जुट्न तथा बिपत आइहालेमा क्षति न्यनिकरणमा सबैले मिलेर हातेमालो गर्न अनुरोध गरिएको छ ।

मिलन शर्मा दनाई