भक्ति आदर्श क्याम्पसमा पनि नेविसंघको प्यानल विजयी

खबरकुञ्ज

बेसीशहर, चैत ५ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ८ भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।

नेकपा एमाले निकटको अनेरास्ववियूको प्यानललाई पराजति गर्दै नेपाली कांग्रेस निकटको नेविसंघको प्यानल विजयी भएको हो ।

प्राप्त नतिजा अनुसार उक्त क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका सुशील अधिकारी ४९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी रजिना घलेले ३२ मत प्राप्त गरिन् । स्ववियू सचिवमा नेविसंघकै अर्पणा अधिकारी ४६ मतका साथ विजयी हुँदा अनेरास्ववियु की अनिशा सुनारले २९ र अखिल क्रान्तिकारीका उमेदवार प्रमिला रेग्मीले ३ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा नेविसंघकै निशु गुरुङ ले ५१ मतका साथ विजयी भइन् । उनकी प्रतिस्पर्धी अनेरास्ववियूका कुसुम गुरुङले २८ मत पाइन् ।

स्ववियू सदस्यमा नेविसंघका सुजता कार्की, अनिशा ढुङ्गाना, र मन्दिरा घिमिरेले क्रमशः ४८, ४५, र ४१ मत प्राप्त गरी विजयी हुँदा उनीहरुका प्रतिद्वन्द्धी पूर्ण बहादुर ढकाल, गणेश गुरुङ, र हिता गुरुङले क्रमशः ३२, ३१, र २९ मत प्राप्त गरे । 

विजयी नेविसंघको प्यानललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ लगायतका नेताहरुले बधाइ ज्ञापन गरेका छन् ।

आजै सम्पन्न स्ववियू निर्वाचन अन्तर्गत सुन्दरबजारको मातृभूमि क्याम्पसमा पनि नेविसंघको प्यानल विजयी भएको छ । मध्यनेपालको सोतीपसलमा रहेको मंगला क्याम्पसमा यस अघि नै नेविसंघको प्यानल निर्विरोध निर्वाचित भइसकेको छ । त्यहाँ अन्य विद्यार्थी संगठनको उमेदवारी नै नपरेपछि नेविसंघ निर्विरोध विजयी भएको हो ।


प्रतिक्रिया