बेसीशहर, माघ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेसीशहर वडा नंं २ मा वडा अधिवेशन सम्पन्न गरेको छ ।
शनिबार भकुण्डेमा आयोजित प्रथम अधिवेशनले सुर्यबहादुर पराजुली सभापति रहने गरि ११ सदस्यीय वडा समिति सर्वसम्मतिले चयन गरेको छ ।
नवगठित समितिको उपसभापतिमा पुरन बहादुर धिताल, सचिवमा कृषला थापा चयन भएका छन् । अधिवेशनबाट सदस्य पदमा जयराम थापा, रेशम थापा, कृष्ण बहादुर धिताल, सन्तबहादुर बोहरा, ईन्द्रा धिताल, कौशिला धिताल, दलित महिला सदस्यमा शारदा वि.क र महिला सदस्यमा मैया वि.क चयन भएका छन् ।
रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवं लमजुङ जिल्ला समितिका संस्थापक संयोजक धर्म केसीको प्रमुख आतिथ्यमा सम्पन्न वडा अधिवेशनमा जिल्ला अध्यक्ष अशोक सापकोटा, उपाध्यक्ष प्रकाश थापा लगायतका नेताहरुको उपस्थिति थियो ।
अधिवेशनको पूर्व सन्ध्यामा भकुण्डे बजारमा रास्वपा कार्यकर्ताले ¥याली निकालेका थिए । रास्वपाको झण्डा र ब्यानर बोकेका कार्यकर्ताले चुनाव चिन्ह घण्टी बजाउँदै भकुण्डे बजार परिक्रमा गरेका थिए