बेसीशहरमा अटाे दुर्घटना, चालकसहित ४ जना घाइते

खबरकुञ्ज

बेसीशहर, माघ ५ गते । लमजुङको बेसीशहरमा आज दिउसो एक अटो दुर्घटना हुँदा चा जना घाइते भएका छन् ।

बेसीशहर बजारबाट मकैडाँडा तर्फ जाँदै गरेको लु.प्र. ०१–००१.ह. १७३८ नम्बरको अटो बेसीशहरकै वडा नं. ७ मा पर्ने मैयुँ स्थित पुमाखोलामा दुर्घटनाग्रस्त हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी अटो चालक बेसीशहर ७ का ४५ वर्षीय भरत सुयाल र यात्रुहरु बेसीशहर ७ बस्ने ६० वर्षकी चिनमाया परियार भरतपुर महानगरपालिका वडा नंं ११ चितवन बस्ने २७ वर्षीय शोभा खाती र उनकी छोरी ५ वर्षीय सेजल खाती र घाइते भएका छन् ।


तीब्रगतिमा कुँदेको अटो खोलाको निर्माणाधीन पुलनेर दुर्घटना भइ पुमा खोलामा खसेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चालक सुयललाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त अटोलाई डोरी र जेसिभिको सहयोगले खोलाबाट बाहिर निकालिएको छ । 

उक्त अटाे बेसीशहर नगरपालिका तथा यातायात ब्यवस्था कार्यालयमा दर्ता समेत नरहेकाे र चालकसंग सवारी चालक अनुमति पत्रसमेत नभएकाे बताइएकाे छ । बेसीशहर नगरपालिकाले बिना अनुमति र बिना लायसेन्स अटाे चलाउन दिएकाे भन्दै कतिपयले बिराेध समेत गरेका छन् ।


प्रतिक्रिया