कप्तान साम्बाकाे ह्याट्रिकमा श्रीलंका विरूद्ध नेपालकाे फराकिलाे जीत

खबरकुञ्ज

लमजुङ, १८ असार । उज्वेकिस्तानमा जारी एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत नेपालले श्रीलंकाविरूद्ध आजको खेलमा ८–० को फराकिलो जीत निकालेको छ ।  कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकको मद्दतले नेपाली टीमले श्रीलंका विरुद्ध फराकिलो जीत निकालेको हो ।

एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध खेलेको थियो । खेलमा गीताा रानाले २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १–१ गोल गरी नेपालको सानदार जीत निकाले ।

खेलको सातौं मिनेटमा डिफेण्डर गीता रानाले नेपालका लागि पहिलो गोल गर्दै अग्रता दिलाएकीमा २० औं मिनेटमा कप्तान सावित्राले गोल गर्दै अग्रता दोब्बर पारिन् । सावित्राले पुनः ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकीमा पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै नेपालका लागि ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा ४–० को अग्रता लिएको नेपालका लागि दोस्रो हाफको ५४ औं मिनेटमा नेपालले पाएको पेनाल्टी सदुपयोग गर्दै गिता रानाले अर्को गोल गरिन् । खेलको ६२ औं मिनेटमा निशा थोकरले हेडमार्फत गोल गरेपछि नेपाल ६–० को अग्रता लिएको थियो ।

खेलको ७८ औं मिनेटमा रेखा पौडेलले अर्को हेड गरी खेललार्य ७–० को अग्रता दिलाइन् । खेलको ८९ औं मिनेटमा पुजा रानाले अर्को सानदार गोल गरी टीमलाई ८–० को फराकीलो जीत निकाल्न मद्दत गरिन् ।

खेल अबधिभर नेपाल श्रीलंकामाथि हावी भयो । खेल अबधिभर नेपाली पोष्टमा श्रीलंकाले एक पटक मात्र असफल चार्ज गर्न सक्यो । नेपालले भने १८ पटकसम्म चार्ज गर्दा ८ गोल गर्न सक्यो ।

लाओस विरुद्ध प्रतियोगिताको पहिलो खेलमा नेपालले ९–० को फराकिलो जित निकालेको थियो । नेपालले अब उज्बेकिस्तानसँग तेस्रो र महत्वपूर्ण खेल खेल्न बाँकी छ । समूह एफमा रहेको नेपाल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया