काठमाडाैं । शुक्रबार मध्यराति ११:४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १३२ नाघेकाे छ। भुकम्पमा परी १४० जना घाइते भएको प्रहरीले बताएकाे छ ।

भुकम्पमा परी घाइते भएकाहरूकाे उद्दार गर्दै सुरक्षाकर्मीहरू । तस्वीरः नेपाली सेना
भुकम्पमा परी जाजरकोटमा मात्रै अहिलेसम्म ९५ जनाको मृत्यु र ५५ जना घाइते भएका प्रहरीकाे तथ्याङ्क छ। रूकुम पश्चिममा ३७ जनाको मृत्यु भएकाे छ र त्यहाँ ८५ जना घाइते भएका नेपाल प्रहरीले जनाएकाे छ ।
भुकम्पमा परी घाइतेहरूकाे उपचारका लागि सेनाकाे हेलिकाेप्टरमा राखिँदै । सबै तस्वीरहरूः नेपाली सेना
भुकम्प प्रभावित क्षेत्रमा उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। सुरक्षा निकायले भुकम्पमा परी मृत्यु तथा घाइते भएकाहरूकाे खाेज, उद्दार, पुनर्स्थापनाका साथै राहतकाे काम गरिरहेका छन् ।