११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेसीशहरमा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ ।
बेसीशहर महिला सञ्जालको आयोजनामा शनिबार बेसीशहरमा आयोजित प्रतियोगितामा नगरपालिकाको वडा नं. ११ का चिती तिलाहर महिला संजालले पहिलो स्थान प्राप्त गरेको छ । प्रथम भएसंगै उक्त महिला सञ्जालले नगद १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा बेसीशहर वडा नंं १० को समता महिला संजालले दोस्रो स्थान प्राप्त गर्दै नगद ७ हजारका साथमा प्रमाणपापत्रप्राप्त गरेको छ ।
प्रतियोगितामा बेसीशहर वडा नंं २ को उन्नतिशील महिला समुह तृतिय भई नगद ५ हजार र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा बेसीशहर २ र ८ का महिला संजालले सान्त्वना स्थान प्राप्त गरे । सान्त्वना स्थान प्राप्त गरेका समूहलाई नगद ३÷३ हजार पुरस्कार दिइएको छ ।
बेसीशहर नगरपालिका स्तरीय महिला सञ्जालका अध्यक्ष मिना बस्नेत रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य यशोदा रिमालले विजयी समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेकी थिइन् ।
सो अवसरमा जिल्ला समन्वय समिति लमजुङका उप्रमुख बुना रिमाल, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, उप्रमुख पद्मा गुरुङ लगायतले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिँदै दिवस मनाउनुको सार्थकता र नेपालमा महिलाहरुको वर्तमान अवस्था, महिला सशक्तिकरण लगायतका विषयमा मन्तब्य राखेका थिए ।
अन्तराष्ट्रिय महिला दिवसकै अवसरमा अखिल नेपाल महिला संघ जिल्ला कमिटी लमजुङले शुक्रबार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटीको कार्यालय मदन आश्रित भवनमा आयोजित प्रतियोगितामा अखिल नेपाल महिला संघ क्व्होलासोथार गाउँपालिका कमिटीले पहिलो स्थान जित्न सफल भयो । प्रतियोगितामा १४ अंकसहित क्व्होलासोथार गाउँपालिका कमिटी प्रथम हुन सफल भएको आयोजकले जानकारी दिएको छ ।
त्यसैगरि प्रतियोगितामा दोर्दी गाउँपालिका कमिटीले ९ अंक प्राप्त गरी दोस्रो स्थान जित्यो भने ८ अंकका साथ बेसीशहर गाउँ कमिटीले तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै मस्र्याङदी गाउँ कमिटी र सुन्दबजार नगर कमिटीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेको क्व्होलासोथारले नगद ५ हजार, दोस्रो स्थान पाएको दोर्दीले ३ हजार, तेस्रो स्थान पाएको बेंसीशहरले २ हजार र सान्त्वना स्थान पाएका दोर्दी र सुन्दरबजारले १–१ हजार पुरस्कार पाए ।
अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष पवित्रा थापा रानाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य लक्ष्मीदेवी अधिकारी, गण्डकी प्रदेश कमिटी सहसचिव पदमा गुरुङ, नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष राजकुमार विष्ट, उपाध्यक्ष जीतबहादुर गुरुङ, जन संगठन संयन्त्रका प्रमुख जुनबहादुर तामाङ, क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ लगायतले मन्तब्य राखेका थिए ।
खबरकुञ्ज