त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

खबरकुञ्ज

काठमाडौं, साउन ९ गते । त्रिभुवन विमानस्थलमा आज बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

साैर्य एयरलाइन्सकाे ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान  ११.११ बजे काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको र १८ जनाको मृत्यु र एक जना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले एक विज्ञप्ति जारी गरी दुर्घटनाग्रस्त बिमानकाे आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको जानकारी दिएको हाे।

दुर्घटनामा घाइते भएका बिमानचालक ३७ वर्षीय मनीष शाक्यको उद्धार गरिएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। 

प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ मिनेटमा जहाज पोखराका लागि उडेको थियाे । 

जहाज रनवे ०२ तर्फबाट उडेकोमा उड्ने बित्तिकै पूर्वतर्फ रनवे २० नजिकै एक्कासी खसी आगाे लागेकाे थियाे ।



सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा सवार १९ जनाको नामावली 


तस्वीरहरूः नेपाल प्रहरी


प्रतिक्रिया