बालकृष्ण खाँणले आफू निर्दोष छु, साबित गर्छु’ भनेकाले पार्टीले कारबाही गरेनः प्रवक्ता महत

काठमाडाैं, जेठ २ गते ।

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा अाफू निर्दाेष रहेकाे र प्रमाणित गर्ने भनेकाले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाइ पार्टीले कारबाही नगरेकाे बताएका छन् ।

काठमाडाैंमा मंगलबार पत्रकार सम्मेलन गरी महतले  नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भए पनि अनुसन्धान जारी रहेकाे र निष्कर्ष आइनसकेकोले कसैलाइ पनि अपराधी करार गर्न नमिल्ने बताए । उनले यस प्रकरणमा सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र रूपमा अनुसन्धान हुनु पर्ने बताएकाे तर सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा अतिरञ्जित समाचारहरू अाएकाे भन्दै सामाजिक सञ्जाल र मिडिया ट्रायल भइरहेकाे दावी गरे । याे प्रकरण लाइ पार्टीले गम्भीर ढंगले लिएकाे र यसकाे अनुसन्धानमा पार्टीले सहयोग गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँणकाे बारेमा साेधिएकाे प्रश्नमा प्रवक्ता महतले मञ्जु खाँणकाे बारेमा पार्टीलाइ कुनै जानकारी नभएकाे र फलाे पनि नगरेकाे बताए । उनले यस प्रकरणमा दूधकाे दूध र पानीकाे पानी हुने गरी अनुसन्धान हुनु पर्ने भन्दै दाेषीलाइ नउम्काउन र निर्दाेषलाइ नफसाउन अाग्रह गरे ।

यस प्रकरणमा सभापति देउवा माैन रहेकाे बिषयमा साेधिएकाे प्रश्नमा प्रवक्ता महतले भने– “सभापतिज्यूले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न अाग्रह गर्नु भएकाे छ  । धेरै बाेल्ने उहाँकाे बानी छैन ।”

प्रवक्ता महतले पार्टी नेतृ आरजु राणाको केसमा उनी अाफैले अडियाेकाे बारेमा उजुरी गरेकी तर सामाजिक सञ्जालमा दोषी हो भनेर व्यवहार भइरहेकोमा पार्टीकाे ध्यानाकर्षण भएको बताए । अनुसन्धानका क्रममा पक्राउ परेका नेता बालकृष्ण खाँणले पनि आफू निर्दोष छु, साबित गर्छु’ भनेकाले पार्टीले कारबाही नगरेको दावी गरे ।

प्रतिक्रिया