जबर्जस्ती करणीकाे अभियाेगमा दुइजना पक्राउ, एकजना कारागार चलान

बेसीशहर, पुस ८ गते । जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले दुइजनालाइ हिरासतमा लिएकाे छ ।

लमजुङको क्व्होलासोथार गाउँपालिका(३ का ६२ वर्षीय उदिमजंग गुरुङ बलत्कार अभियोगमा पक्राउ परेका हुन् । उनीविरूद्ध १४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि उनलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाइँले बताए । उनीमाथि १४ वर्षीया बालिकालाई भदौ २४ गते र १२ वर्षीया बालिकालाई गएको कात्तिक २६ गते जबर्जस्ती करणी गरेको अभियोग छ ।

प्रहरीले यसअघि सोही गाउँपालिकाको वडा नं ७ की २२ बर्षिय युवतीलाई जबरजस्ती करणीकाे प्रयास गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको थियाे । पक्राउ परेका लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं ७ बस्ने ५२ बर्षका शेरबहादुर तिवारी रहेका छन् । उनलाइ जिल्ला अदालतकाे अादेशमा पुर्पक्षका लागि कारागार चलान गरिएकाे छ ।

प्रतिक्रिया