महाशिवरात्री बिशेषः इशानेश्वर महादेव मन्दिर करापुटार लमजुङकाे फाेटाे फिचर

बेसीशहरफागुन २६ । यस बर्षकाे महाशिवरात्रीमा करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा डेढलाख भक्तजनले दर्शन गरी देवादिदेव महादेवलाइ दूधबेलपत्र अर्पण गरेका छन् ।

इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अनुसार यस बर्ष अघिल्लाे बर्ष भन्दा पनि बढी भक्तजनले मन्दिरकाे दर्शन गरेका हुन् । यस बर्ष करापुटारफाँटमा महाशिवरात्रीकै अवसर पारी धार्मिक एवं सांस्कृतिक महाेत्सव समेत गरिएकाले दर्शक तथा भक्तजनकाे बाक्लाे उपस्थिति रहेकाे हाे ।

हरेक बर्ष शिवरात्रीमा करापुटार पुग्ने भक्तजनकाे संख्या बढ्दा मेलाकाे ब्यवस्थापन समेत चुस्त हुँदै गए पनि यस बर्ष पनि बत्ती बाल्नेहरूले स्थानकाे अभाव महशुस भने गर्न पुगे । उभिएर बालिने ठाडाेबत्ती बाल्ने ठाउँमा स्थान अभाव हुँदा यस बर्ष पनि सयाैंले मन्दिरका विभिन्न ठाउँमा उभिएर बत्ती बालेका थिए । मन्दिर ब्यवस्थापनले मन्दिरकाे उत्तरतर्फ ठाडाेबत्ती बाल्ने ब्यवस्था मिलाउने गरेकाेमा यस बर्षसमेत उक्त स्थानमा ठाडाे बत्ती बाल्न चाहनेहरूले स्थान अभाव महशुस गरे ।

यस बर्ष करीब एक हजार ५ सय जनाले उभिएर ठाडाे बत्ती बाले । शिवरात्रीमा यस मन्दिरमा रातभर उभिएर ठाडाे बत्ती बालेमा शिव कृपाले छाेराछाेरी नहुने जाेडीकाे सन्तान हुने विश्वास गरिन्छ । यही विश्वासका साथ यस मन्दिरमा बत्ती बाल्नकै लागि देशका विभिन्न भागबाट भक्तजनहरू पुग्छन् ।

भिडियाे पनि हेर्नुहाेस् ।



प्रतिक्रिया