मर्स्याङदी क्याम्पसकाे मुद्दामा उच्च अदालतले दियाे अन्तरिम आदेशलाइ निरन्तरता

बेसीशहर, माघ ४ गते । लमजुङकाे बेसीशहरमा रहेकाे मर्स्याङदी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाइ बर्खास्त गर्ने क्याम्पस सञ्चालक समितिकाे  निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाेखराले गत पुस २६ गते दिएकाे आदेशलाइ पुनः निरन्तरता दिएकाे छ ।

उच्च अदालतका न्यायाधीश मिलन कुमार राइ र धनसिंह महराकाे इजलासले यस अघि अदालतले दिएकाे अन्तरिम आदेशलाइ निरन्तरता दिँदै उत्प्रेषणकाे देश दिएकाे हाे । आदेशमा गत पुस १८ गते क्याम्पस सञ्चालक समितिले थापालाइ सुनुवाइकाे माैका प्रदान नगरी बर्खास्त गरिएकाे कार्य प्राकृतिक न्यायकाे सिद्धान्त बिपरित देखिँदा उक्त मितिकाे निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनि गत पुस २६ गते जारी भएकाे अल्पकालीन अन्तरिम आदेशलाइ उच्च अदालत नियमावली २०७३ काे नियम ४२ बमाेजिम निरन्तरता दिइएकाे भनिएकाे छ ।

बिहीबारकाे पेशीमा निवेदक हरिबाबु थापाकाे पक्षमा अधिवक्ता राेहितराज बास्ताेला र विपक्षी मर्स्याङदी बहुमुखी क्याम्पसकाे तर्फबाट राजेश्वर अधिकारीले बहस गरेका थिए ।

साे मुद्दामा गत पुस २६ गते अन्तरिम देश दिएकाे अदालतले जका लागि उक्त मुद्दाकाे पेशी ताेक्दै निवेदककाे माग बमाेजिमकाे आदेश जारी गर्न नपर्ने कानुनसम्मत आधार र कारण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न भन्दै दुवै पक्षलाइ अन्तरिम आदेश छलफलकाे लागि उपस्थित हुन र क्याम्पस प्रमुखबाट थापालाइ बर्खास्त गर्न गरिएकाे निर्णयकाे माइन्युट इजलासमा पेश गर्न भनेकाे थियाे ।

साे क्याम्पसका प्रमुख हरिबाबु थापालाइ सहकारी ठगी मुद्दामा जिल्ला अदालत लमजुङमा मुद्दा दायर भएकाे भन्दै क्याम्पस सञ्चालक समितिले गत पुस १८ गते बर्खास्त गर्ने निर्णय गर्दै सहप्राध्यापक शालिग्राम अधिकारीलाइ नयाँ क्याम्पस प्रमुखकाे रूपमा चयन गरेकाे थियाे । उक्त निर्णयका विरूद्ध थापाले उच्च अदालत पाेखरामा रिट हालेका थिए । 

प्रतिक्रिया