बेसीशहर, बैशाख ७ गते । डुम्रे बेसीशहर चामे सडक अन्तर्गत तनहूँको नेपालडाँडा नजिकै यात्रुबहाक माइक्रोबसले स्कुटरलाई आज मध्यान्ह ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएका छन् ।
काठमाडौंबाट बेसीशहरतर्फ आइरहेको बा२ख ४०२२ नम्बरको माइक्रोबसले बेससीशहरबाट डुम्रेतर्फ गइरहेको ग२६प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहरको वडा नंं ८ निवासी अन्दाजी ३५ बर्षकी अनिता थापा श्रेष्ठको घटनास्थलमै र मनाङको नासों गाउँपालिका घर भएका मन घलेको उपचारका क्रममा नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको हो ।
मनाङको नासों गाउँपालिका ताचैका मन घले स्थानीय जनविकास आधारभूत विद्यालयका प्रअ रहेका र काठमाडौंमा भइरहेको शिक्षक आन्दोलनमा सहभागी भइ घर फर्कंदै गरेका बुझिएको छ ।
तनहूँ प्रहरीका अनुसार दुर्घटनामा परी स्कुटर चालक ४० बर्षीय सुरेश श्रेष्ठ र परिचय नखुलेका अन्य २ गम्भीर घाईते भएका छन् । स्कुटर चालक श्रेष्ठ दुर्घटनामा परी घट्नास्थलमै निधन भएकी अनिताका श्रीमान् हुन् । बेसीशहरको आस्था फोटोका सञ्चालक उनलाई भोटेवडार हस्पिटलमा प्राथमिक उपचार गरी थप उपचारका लागी भरतपुर पठाइएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य दुई जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनामा परी घाइते भएका माइक्रोबसका अन्य यात्रुहरुको भोटेओडार हस्पिटलमा प्राथमिक उपचार गरी थप उपचारका लागि अन्यत्र पठाइएको छ ।
दुर्घटनाग्रस्त माइक्रोमा १७ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटना लगत्तै फरार रहेका चालकलाई प्रहरी चौकी पुर्कोटले नियन्त्रण्मा लिएर अनुसन्धान गरिरहेको छ ।