क्व्हाेलासाेथार गाउँपालिकामा कार्यालयकाे काम थाल्नु अघि राष्ट्रिय गान

खबरकुञ्ज

बेसीशहर, साउन १ गते । लमजुङको क्व्होलासोथार गाउँपालिकाले राष्ट्रिय गान गाएर कार्यालयको काम शुरु गर्ने कार्यको शुरुवात गरेको छ ।

नयाँ आर्थिक बर्ष २०८२÷०८३ को शुरुवातसंगै आजदेखि गाउँपालिकाको कार्यालयले राष्ट्रिय गान गाएर कार्यालयमा कार्यको शुरुवात गर्न थालेको हो । राष्ट्रको सम्मान, गौरब र नागरिकहरुमा सामाजिक सद्भाव, एकता र सार्वभौमिकता कायम राख्न कार्यालय समय शुरु हुनासाथ राष्ट्रिय गान गाउन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले बताए ।

आज बिहान १० बजे कार्यालय समय शुरु हुनासाथ गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतसहित कार्यालयका कर्मचारीहरुले गाउँ कार्यपालिकाको कार्यालय प्रांगण अगाडि जम्मा भएर राष्ट्रिय गानमा सहभागी भइ कार्यालय प्रवेश गरेका थिए ।


कार्यालयको काम शुरु गर्नुपूर्व देशको महिमा, पुर्खाहरुको गौरव गाथा, सहिद र जनताको बलिदान, सामाजिक सद्भाव र एकताको भावसहितको राष्ट्रिय गानले जनप्रतिनिधि र कर्मचारीहरुको मनोबल उच्च गराउने र सत्कर्ममा लाग्न प्रेरित गर्ने भएकाले कार्यालयको काम शुरु  गर्नु अघि राष्ट्रिय गान गाउने अभ्यास शुरु गरिएको हो ।

कार्यालय प्रवेश गर्नु अघि सबै जनप्रतिनिधि र कर्मचारीले यसरी राष्ट्रिय गानको सम्मान गर्ने क्व्होंलासोथार गाउँपालिका सम्भवत नेपालकै पहिलो स्थानीय निकाय हो ।


प्रतिक्रिया