सुनकाे अक्षरले लेखिएकाे बाैद्धग्रन्थकाे जिर्णाेद्धार हुँदै

काठमाडाैं । ललितपुरमा सुनले लेखिएकाे बाैद्ध ग्रन्थ प्रज्ञापारमिताको जीर्णोद्धार भइरहेको छ ।

ललितपुरस्थितकाे हिरण्य वर्ण महाविहार (गोल्डेन टेम्पल) मा राखिएको स्वर्ण लिखित बौद्ध ग्रन्थ प्रज्ञापारमिताको स्थानीयले जीर्णोद्धार गरिरहेका हुन् । झण्डै ८ सय वर्ष पुरानो मानिने सुनको अक्षरले लेखिएको उक्त ग्रन्थ रञ्जना लिपी र संस्कृत भाषामा लेखिएको छ ।

ललितपुरका स्थानीयले वर्षभरि नै दैनिक पाठ गर्ने उक्त ग्रन्थ आठ हजार श्लोक र ३०० पानाको छ । ८ सय बर्ष अघि लेखिएकाेले उक्त ग्रन्थका अक्षर मेटिने वा च्यातिने अवस्था रहेकाले अहिले मलमासको समयमा जीर्णोद्धार शुरू गरिएको स्थानीय गुठीयारहरूले बताएका छन् ।

स्थानीयहरू यस ग्रन्थलाइ ज्ञानकाे भणडारकाे रूपमा लिन्छन् । याे ग्रन्थमा लेखिएकाे कुरालाइ ब्यवहारमा उतार्न सके बुद्धत्व प्राप्त हुने जनविश्वास छ । दिनदिनै पाठ हुने, दिनदिनै ग्रन्थ निकालेर पढ्ने, पाना पल्टाउने गर्दा सुनले लेखिएकाे अक्षर खिएर प्रष्ट नबुझिने भएकाले पुनः सुनकाे जलप लगाएर ग्रन्थकाे जिर्णाेद्धार गर्न लागिएकाे स्थानीयले बताएका छन् ।

याे ग्रन्थकाे प्रभावले  सबैलाइ पुण्य मिल्ने, विदेशमा रहेका, काम बिग्रिएकाहरूकाे काम फत्ते हाेस्,  बिरामी भएकाहरू निकाे हाेउन् भनेर याे ग्रन्थकाे पाठ सुन्ने चलन रहेकाे बताइन्छ । दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रूपमा लिइने याे ग्रन्थप्रति स्थानीयकाे अति नै विश्वास रहेकाले याे ग्रन्थ सुन्नका लागि नाम लेखाउने चलन छ । अहिले नाम लेखाउँदा ४ महिनापछि सुन्ने पालाे पर्ने स्थानीयले बताए ।

याे ग्रन्थकाे जिर्णाेद्धारका लागि सुन घाेटेर सालका कत्ला, अालस र प्राकृतिक गम मिसाएर सुनकाे लेप तयार पारिन्छ । साेही लेपलाइ मसीकाे रूप दिएर ग्रन्थकाे जिर्णाेद्धार भइरहेकाे छ । 

प्रतिक्रिया