मर्स्याङदी क्याम्पसकाे प्रमुखमा थापालाइ नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतकाे आदेश

बेसीशहर । लमजुङकाे बेसीशहरमा रहेकाे मर्स्याङदी बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखमा हरिबाबु थापालाइ नियुक्त गर्ने क्याम्पस सञ्चालक समितिकाे निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाेखराले अन्तरिम आदेश जारी गरेकाे छ ।

क्याम्पस प्रमुख नियुक्ति गैरकानुनी रहेकाे भन्दै साेही क्याम्पसका उपप्राध्यापक डा. पदम बहादुर राउतले क्याम्पस सञ्चालक समिति र थापाका विरूद्ध उच्च अदालत पाेखरामा रिट निवेदन पेश गरेका थिए । उनकाे रिटमा सुनुवाइ गर्दै उच्च अदालतले यस्ताे आदेश जारी गर्नुका साथै निवेदककाे माग बमाेजिम अादेश जारी हुन नपर्ने भए कारण र प्रमाण सहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएकाे छ ।

सञ्चालक समितिकाे निर्णयमा चित्त नबुझेपछि डा राउतले निर्णय बदर गरीपाउँ भनि उच्च अदालतमा रिट दिएकामा मंगलबार उच्च अदालतले उनकाे रिटमा सुनुवाइ गरेकाे हाे । उच्च अदालतका न्यायाधीश मिलन कुमार राइकाे इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न सञ्चालक समितिका नाममा अन्तरिम आदेश  दिएकाे हाे ।


अदालतले आगामी कार्तिक २२ गतेका लागि स्थगित गर्न नपाउने गरी पेशी ताेक्नुका साथै उक्त दिन क्याम्पस प्रमुख नियुक्ति सम्बन्धी सम्पूर्ण सक्कल कागज अदालतमा पेश गर्न पनि आदेश गरेकाे छ ।

राउतले रिट निवेदनमा न्यूनतम मापदण्ड समेत नपुर्याइ निर्वाचन गरिएकाे, निर्वाचन समिति गठन,  मतदाता नामावली प्रकाशन नगरिएकाे र कुनै दावी बिराेधसमेत नलिइएकाे र सञ्चालक समितिमा नरहेका ब्यक्तिले समेत मतदान गरेकाले निर्वाचन प्रक्रिया कानुन बिपरित रहेकाे भन्दै सञ्चालक समितिकाे निर्णयमा प्रश्न उठाएका थिए ।

गत असाेज १० गते मर्स्याङदी बहुमुखी क्याम्पस सञ्चालक समितिकाे वैठकले आगामी ४ बर्षका लागि क्याम्पस प्रमुखमा थापालाइ नियुक्त गर्ने निर्णय गरेकाे थियाे । क्याम्पस प्रमुखका लागि थापासहित, सहायक क्याम्पस प्रमुख डा पदम बहादुर राउत र सहप्राध्यापक शालीग्राम अधिकारीले आवेदन दिएका थिए । एक पदका लागि तीन जनाकाे उमेदवारी परेपछि क्याम्पस सञ्चालक समितिले सहज निर्णय लिन सकेकाे थिएन । सहजै निर्णय हुन नसकेपछि क्याम्पस प्रमुख चयन गर्न सञ्चालक समितिभित्रै निर्वाचन गराएकाे थियाे । यसबीचमा सहप्राध्यापक अधिकारीले नाम फिर्ता लिएका थिए ।

२१ सदस्यीय क्याम्पस सञ्चालक समितिमध्ये मतदानमा १९ जनाले भाग लिएका थिए । क्याम्पस प्रमुख थापाले समेत मतदान गरेपछि निर्वाचन परिणाम थापाकाे पक्षमा गयाे । उनकाे पक्षमा १० र राउतकाे पक्षमा ९ मत परेकाे थियाे । क्याम्पस सञ्चालक समितिले थापालाइ विजयी घाेषित गरी क्याम्पस प्रमुख नियुक्त गरेकाे थियाे ।

निवेदक राउतकाे निवेदनमा विपक्षी हरिबाबु थापाकाे पदावधि गत असाेज ४ गते नै समाप्त भएकाेले उनले मतदान गर्न नपाउने जिकिर गरिएकाे छ । 

याे पनि पढ्नुहाेस् ।

३० बर्षदेखि निरन्तर क्याम्पस प्रमुख, थापाले बनाए कीर्तीमान


प्रतिक्रिया