बेसीशहर, पुस २३ गते । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न खाेज्ने एक जना युवकलाइ जिल्ला प्रहरी कार्यालय, लमजुङले पक्राउ गरेकाे छ । लमजुङकाे दाेर्दी गाउँपालिका वडा नं. ४ नाैथरका २६ बर्षका कुमार बि.क पक्राउ परेका हुन् ।
कुमारले गत पुस २० गते लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नंं ७ स्थित ससुराली घरमा आफ्नै श्रीमती २१ बर्षकी रितु बि.क.काे घाँटी र टाउकाेमा ज्यान मार्ने उद्देश्यले धारिलाे हतियार (दाउ)ले हानेका थिए । दाउकाे प्रहारले रितु गम्भीर घाइते भएकी छन् । उनलाइ थप उपचारका लागि चितवन लगिएकाे छ ।
श्रीमतीलाइ दाउले हानेर फरार रहेका कुमारलाइ प्रहरीले खुदीमा लुकीछिपी बसेकाे अवस्थामा हिजाे बिहान पक्राउ गरेकाे थियाे । उनलाइ जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गराइ घटनाकाे थप अनुसन्धान गरिएकाे प्रहरीले जनाएकाे छ ।
8 Jan 2024