त्रिवेणी कप अन्तर्गत आज क्वार्टरफाइनलका खेल हुँदै, पुलिस र सुन्दरबजार एफसी भिड्दै

कल्पना शर्मा दनाई

बेसीशहर, पुस १८ । लमजुङकाे सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिता अन्तर्गत आजबाट क्वार्टरफाइनलका खेलहरू शुरू हुँदैछन् ।

जारी प्रतियाेगितमा २१ टीमकाे सहभागिता रहेकाेमा ८ वटा टीम क्वार्टरफाइनलमा पुगेका छन् । प्रतियाेगितामा दुइ विभागीय टीम नेपाली सेनाकाे त्रिभुवन क्लव र नेपाल प्रहरीकाे महेन्द्र पुलिस क्लवसहित लमजुङ भित्र र बाहिरका ८ वटा टीम क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । त्रिभुवन अार्मी क्लव नेपाल भानु युनाइटेड क्लवलाइ पराजित गर्दै र महेन्द्र पुलिस क्लव चामे युवा समाज मनाङलाइ पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै बेसीशहर युथ साेसाइटीले बेसीशहर नगरपालिकालाइ, एलजी एशाेसियसन पाेखरा डिफेण्डिङ च्याम्पियन रामपुर रड्सलाइ, लाङ्दीदेवी नाल्माले ठडराइ अधिकारी समाजलाइ, लालीगुराँस युवा क्लव भुजुङले सामना युवा क्लव तुरतुरेलाइ,  सुन्दरबजार फुटबल क्लवले लमजुङ मर्स्याङदी युवा क्लवलाइ र अभिषेक चर्च रजहरले क्वीन गाेर्खाज युकेलाइ पराजित गर्दै क्वार्टर फाइनलकाे यात्रा तय गरेका हुन् ।

प्रतियाेगिता अन्तर्गत बुधवार पहिलाे खेल अभिषेक चर्च रजहर र दाेस्राे खेल सुन्दरबजार एफसी तथा महेन्द्र पुलिस क्लवबीच त्रिवेणी रंगशाला सहजीमा हुनेछ ।

प्रतियाेगिताकाे बिजेताले नगद ८ लाख, उपबिजेताले ४ लाख र सेमीफाइनल प्रवेश गर्ने टीमले नगद १/१ लाख रूपैयाँ पुरस्कार पाउने त्रिवेणी युवा क्लव बेसीशहरका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया