लमजुङ सदरमुकाम बेसीशहरमा लाेकदाेहाेरी गायक राजु परियारकाे भब्य सम्मान,

खबरकुञ्ज

बेसीशहर, माघ ६ । लोक स्वर सम्राट राजु परियारलाई लमजुङमा भब्य सम्मान गरिएको छ । लमजुङ सदरमुकाम बेसीश्हरमा भएकाे लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपालको क्याविनेट वैठकका क्रममा शनिबार उनलाई लायन्स क्लवले भब्य सम्मान गरेको हो ।

नेपाली लोकदोहोरी गीतको संरक्षण सम्बद्र्धनमा उनले खेलेको योगदानको कदर गर्दै बेसीशहरको फूलबारी मञ्चमा आयोजना गरिएको भब्य कार्यक्रमा लायन्स क्लवले उनलाई सम्मान गरेको हो ।


लायन्स नेपालको तेस्रो क्याविनेट वैठकका क्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आईका डिस्ट्रिक्ट गर्भनर लायन चन्द्रकुमार केसी, एसिआइ लिडर लायन राजन लम्सालले संयुक्त रुपमा उनलाई अभिनन्दनसहित सम्मान पत्र प्रदान गरेका थिए ।

लायन्स क्लवका १ हजार बाढी अगुवाहरुका साथै लमजुङका सयौं सर्वसाधारण सहभागी कार्यक्रममा राजुले आफ्ना चर्चित गीतहरुसमेत गाएका थिए । 

नेपाली  लोक दोहोरी गीतको क्षेत्रमा राजुले आफ्नो विशिष्ट छाप छोडेका छन् । वनमा काँडा छ, मिर्मिरेको घाम, फूलमा भमरा, मौरी फूलमाथि, धोका दिनेलाई के भनौं र खोई, लालुपाते नुग्यो भुईंतिर, तिमी घाम म छाया, रुमाल धो’को छु, फूलको थुंगामा, सुनपानीले छर्क मायालु जस्ता उनका अनेकौं गीत कालजयी छन् ।

२०३७ सालमा पिता मंगलसिंह परियार र आमा सन्तमाया परियारको जेठो छोराको रुपमा लमजुङको साविक गाउँशहर गाविस वडा नंं ९ चिसापानी, हालको बेसीशहर नगरपालिका वडा नं २ मा जन्मेका राजु परियारले सर्वाधिक धेरै लोकगीत रेकर्ड गराउने, पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरुप, उनलाई सममान गरिएको हो ।

प्रतिक्रिया