राजनीतिक दल र नेताहरुकै कारण जनता चिढिएका हुन्, नेताहरू सुध्रिनुपर्छः शेखर काेइराला

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति आम जनताको धारणा नकारात्मक भएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनले राजनीतिक दल र नेताहरुकै कारण जनता चिढिएका भन्दै दल र नेताहरूले आफूलाई सुधार्नु पर्ने बताए ।

काठमाडाैंमा प्रजातान्त्रिक विचार समाजको २५ औँ साधारणसभामा बुधवार बाेल्दै नेता काेइरालाले राजनीतिक दल, तिनका नेताका साथै अहिलेको निर्वाचन पद्धतिमा पनि सुधारकाे अावश्यकता अाैंल्याए । उनले वर्तमान निर्वाचन प्रणालीका कारण संसदीय राजनीतिमा वेथिति भित्रिएको भन्दै मिश्रित निर्वाचन प्रणालीमा कुनै दलविशेषले बहुमत ल्याउन गाह्राे हुने बिचार राखे ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा छाेड्न नहुने भन्दै जुनसुकै राजनीतिक दलकाे नेता र जतिसुकै ठूलाे अाेहाेदाकाे कर्मचारी भए पनि दाेषीले उन्मुक्ति पाउन नहुने बताए । भ्रष्टाचारीलाइ कारबाही गर्नका लागि पार्टीले पनि सहयाेग गर्नुपर्ने भन्दै उनले अाफ्नाे अर्काकाे नहेरी प्रहरीकाे अनुसन्धानलाइ सहयाेग गर्नुपर्ने विचार राखे । उनले जनतामा गुमेकाे विश्वास फिर्ता लिनका लागि याे प्रकरणका दाेषीलाइ काराबही गर्नै पर्ने बताए । उनले याे प्रकरणले देशकाे साख गिरेकाे भन्दै अरू ढाकछाेप गर्न खाेजिए जनताले झनै तिरस्कार गर्ने चेतावनी दिए ।

नेता काेइरालाले अरू दलसंग गठबन्धन गरेर अगाडि बढ्नाले नेपाली कांग्रेस कमजाेर भएकाे पनि बताए । उनले भने "अब हुने कुनै पनि निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गर्न हुँदैन।" 

प्रतिक्रिया