एनआरएन एनसिसि युएईको उपाध्यक्षमा लमजुङका बिष्णुलाल श्रेष्ठ सर्बसम्मत

बेसीशहर । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको उपाध्यक्ष पदमा लमजुङका बिष्णुलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

श्रेष्ठ बिगत दुइ दशकदेखि वैदेशिक राेजगारीमा खाडीक्षेत्रका विभिन्न मुलुकमा रही त्यहाँ कार्यरत नेपाली श्रमिककाे पक्षमा काम गरिरहेका छन् । लमजुङ सेवा समाज लगायत विभिन्न सामाजिक संस्थाकाे नेतृत्व गरिसकेका उनी हाल युएईमा कार्यरत छन् । युएईमा रहेर देश र त्यहाँ कार्यरत नेपाली हरुका लागि केही सिर्जनात्मक कार्य गर्ने अभिप्रायले सामाजिक कार्यमा सक्रिय रहँदै एका उनकाे याेग्यताकाे कदर स्वरूप उनी सर्बसम्मत निर्वाचित भएका हुन् ।


लमजुङकाे बेसीशहर नगरपालिका वडा नं. २ भकुण्डेका बासीन्दा बिष्णुलालले अबका दिनमा पनि सबैसंग हातेमालो गर्दै पदिय जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनमा सहयाेग पुर्याउने सबैलाइ धन्यवाद दिँदै उनले एनसिसि युएइकाे नेतृत्वमा रहेर त्यहाँ कार्यरत नेपाली श्रमिकहरूकाे हकहितमा अझै लगनशील भएर काम गर्ने बताए ।

प्रतिक्रिया