जिल्ला प्रशासनकाे छड्केमा लमजुङका ११ कर्मचारी अनुपस्थित

खबरकुञ्ज

बेसीशहर, बैशाख २३ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले गरेको आकस्मिक निरीक्षण (छड्के)मा लमजुङका विभिन्न सरकारी कार्यालयका ११ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ ।

नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न खटिनु पर्ने कर्मचारीहरु कार्यालयमा उपस्थित नभएको कारण सेवा प्रवाह प्रभावकारी नभएको विभिन्न माध्यमबाट गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङस्थित संघीय तथा प्रदेशस्तरका विभिन्न १० वटा कार्यालयमा आइतबार आकस्मिक निरीक्षण गरेको थियो ।

सो क्रममा विभिन्न विद्यालयका ११ जना कर्मचारीहरु विदा तथा काज स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकणर्राज सुयलले जानकारी दिए । उनका अनुसार निरीक्षणका क्रममा ९ जना कर्मचारीले परिचय पत्र नलगाएका र ८ जना कर्मचारी तोकिएको पोशाक नलगाएको पाइएको सुयलले जानकारी दिए ।

छड्केका क्रममा कार्यालयमा समयमै उपस्थित नहुने, विदा तथा काज स्वीकृत नगराई अनुपस्थित रहने र परिचय पत्र तथा तोकिएको पोशाक नलगाउने कर्मचारीलाई प्रचलित कानुन अनुसार अनुशासन र आचारंिहिता पालन गराउन सम्बन्धित निकायमा लेखी पठाउने निणर्य भएको छ । अनुगमनका क्रममा देखिएका कैफियतहरु सुधार ग री नियमित रुपमा सेवामा समर्पित हुन जिल्ला प्रशासनले राष्ट्रसेवक कर्मचारीहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया