खैराे हेराेइनसहित पक्राउ परेका मिया कारागार चलान

लमजुङमा अघिल्लो महिना लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका एकजना कारागार चलान भएका छन् ।

सुन्दरबजार नगरपालिकाको वडा नं. ९ भोटेओडारबाट ब्राउन सुगर लगायतका लागू औषधसहित पक्राउ परेका नवलवरासीकाृे देवचुली नगरपालिका वडा नं. १६ घर भइ हाल लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ९ बस्ने मौलादिन मिया कारागार चलान भएका हुन् ।

गत बैशाख २ गते बीरगञ्जबाट बेसीशहर आएदै गरेको ना ४ ख ६११७ नम्वरको रात्रीबसमा श्रीमति जमिलासहित भोटेओडार आएका उनी बसबाट ओर्लेर डेरातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय, लमजुङ र ईलाका प्रहरी कार्यालय, भोटेओडारबाट खटिएको प्रहरी टोलीले उनीहरुको खानतलासी गर्दा जमिलाले ब्राभित्र लुकाएर ल्याएको ६ पोका लागू औषध खैरो हिरोईन् २.०३ ग्राम, लागू औषध डाइजेपाम एम्पुल २३, फेनरगन एम्पुल २३, नोफिन एम्पुल २१, नाइट्रजेपाम ट्याब्लेट ६९ थान बरामद गरेको थियो ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान गरेको थियो ।  यही जेठ २४ गते जिल्ला सरकारी वकील कार्यालय, लमजुङको अभियोग पत्र सहित प्रतिवादीहरुलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएका र जेठ २५ गते लमजुङ जिल्ला अदालतको आदेशले प्रतिवादी मौलादिन मियालाई पूर्पक्षको लागि कारागार चलान गरिएको हो ।

मौलादिनकी श्रीमती जमिला मिया ७ महिनाको गर्भवती रहेकीले उनलाई भने  अदालतले ३५ हजार रुपैयाँ धरौटी लिइ तारेखमा छोडेको छ । सरकारी वकील कार्यालयले उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम लागू औषध ओसारपसार तथा बिक्री बितरण तर्फ सजाय हुने गरी अभियोग पत्र पेश गरेको थियो ।

यो कसुर ठहर भएमा प्रतिवादीहरुलाई ५ बर्षदेखी २० बर्षसम्म जेल सजाय र पाँच हजारदेखी बीस लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया