बेसीशहरका किसानलाइ ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

बेसीशहर । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले लमजुङको बेसीशहर नगरपालिकाले किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको छ ।

नगरपालिकाले किसानहरूकाे मागका अाधारमा ५० प्रतिशत अनुदानमा किसानलाइ डिजेल र पेट्राेल बाट चल्ने ६ र ७ हर्षपावरका छुट्टा छुट्टै किसिमका हाते ट्याक्टर उपलब्ध गराएकाे हाे ।

नगरपालिकाकाे कृषि शाखाका प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार नगरका विभिन्न वडाका गरी ११४ किसानका लागि ६ र ७ हर्षपावरका ६ हर्षपावरका हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएकाे हाे । किसानहरूले ६ हर्षपावरका लागि २२ हजार २५० र ७ हर्षपावरकाे लागि प्रतिट्याक्टर २५ हजार मात्र लगानी गरेका छन् । बाँकी ५० प्रतिशत रकम नगरपालिकाले तिरिदिएकाे छ ।

किसानलाई खेतीबाली लगाउन सजिलाे होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौँ ।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि नगरपालिकाले किसानलाई सहयोग गरेकाे नगर प्रमुख अर्यालले बताए ।

प्रतिक्रिया