नेकपा एमाले लमजुङकाे अधिवेशनः अध्यक्षसहित सबै पदाधिकारी पृथ्वीसुब्बा निकटका बिजयी

खबरकुञ्ज

नेकपा एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । साेमबार दिउसाे सम्पन्न मतगणनाकाे परिणाम अनुसार प्रतिद्वन्द्धी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले पराजित गर्दै विष्ट अध्यक्ष निर्वाचित भएका हुन् ।

नेकपा एमाले जिल्ला अधिवेशनका लागि कूल ५३२ जना प्रतिनिधि रहेकामा ५०६ जनाले मताधिकारकाे प्रयाेग गरेका थिए । घोषित मत परिणाम अनुसार विष्टले २८८ मत पाए भने अधिकारीले १९९ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा जीत बहादुर गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्ष पदका अर्का प्रत्यासी सुभास पौडेललाई मात्र ५ मत अन्तरले पराजित गर्दै गुरुङले विजय हासिल गरेका हुन् । गुरुङले २४२ मत पाउँदा पौडेलले २३७ मत पाए । 

सचिव पदमा राजेन्द्र बोहरा भारी मतान्तरले निर्वाचित भएका छन् । प्रतिद्वन्द्धी जनकराज मिश्रलाई पराजित गर्दै बोहराले सचिव पद जितेका हुन् । बोहोराले ३५८ मत पाउँदा र मिश्रले ११९ मत प्राप्त गरे ।

उपसचिव पदमा २२० मतान्तरका साथ विवश बुढाथोकी निर्वाचित भएका छन् । उनले ३४९ मत पाउँदा प्रतिद्वन्द्धी राजेन्द्र अधिकारीले १२९ मत मात्र पाए । 

विजयी भएका अध्यक्ष लगायत सबै पदाधिकारी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकटका हुन् । गुरुङको निर्देशनमा राजकुमार विष्टको नेतृत्वमा प्यानल बनेकाे थियो । 

निर्वाचन भएका विभिन्न क्लष्टरका सदस्य पदमा समेत गुरूङ निकटका उमेदवारहरू विजयी भएका छन् । 

जिल्ला कमिटी सदस्यमा जिल्ला भुगोल क्लष्टरबाट सुर्यप्रसाद गुरुङ ३४७ मत अर्जुन गुरुङ ३४६ मत, कृष्ण केसी ३३७ मत, पेमा गुरुङ ३२० मत, प्रेम बहादुर भट्टराई ३०७ मत, शिवप्रसाद जोशी २९७ मत पाइ निर्वाचित भए । जिल्ला भूगोल क्लष्टर अन्तर्गत महिलातर्फ बुनाकुमारी रिमाल ३८९ मत, पद्मा गुरुङ ३८१ मत, शान्ता सापकोटा ३७१ मत र चन्द्रमा घिमिरे ३४० मतका साथ निर्वाचित भएका छन् ।

भूगोलतर्फ बेसीशहर नगरपालिकाबाट खुला सदस्यमा जुन तामाङ २६५ मत, मदन राना २२७ मत र प्रदिप घिमिरिे २१८ मतका साथ विजयी भए । महिलातर्फ ३१२ मतका साथ कल्पना थापा बोहोरार २६९ मतका साथ मिना रावल विजयी भएका छन् ।

भूगोल अन्तर्गत सुन्दरबजारबाट खुलातर्फ मेनबहादुर घले २७१ मत, कृष्णमान श्रेष्ठ २१० मत, कृष्णप्रसाद अधिकारी २०९ मतका साथ विजयी भए । महिलातर्फ २५५ मतले बिमला खड्का र २३९ मतका साथ पार्वती अधिकारी विजयी भए ।

लेखा समतिको सदस्य पदमा बलराम घिमिरे १८६ मतका साथ विजयी भए । लेखा समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र एक सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले चैत १६ गते उद्घाटन गरेका अधिवेशन १७ सकिने भनिए पनि निर्वाचन कार्यक्रम लम्बिदा एक दिनपछि नतिजा आएको हो । 

आइतबार जिल्ला कमिटीका लागि ५७ जना निर्विरोध निर्वाचित भएका थिए । जिल्ला कमिटी सदस्यको लागि मध्यनेपाल र राइनास नगरपालिका तथा क्व्होलासोथार, दोर्दी, मस्र्याङदी र दूधपोखरी साथै र राइनास नगरपालिकामा सर्वसम्मत भएको थियो ।

निर्वाचन परिणाम घोषणा भएपछि मुख्य निर्वाचन अधिकृत महेन्द्रलाल श्रेष्ठले नवनिर्वाचित अध्यक्ष विष्टलाई प्रमाणपत्र प्रदान गरेका थिए । विष्टले सोमबार नै सपथ लिई कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया