गायिका ईश्वरी बरालको ‘माया छ की छैन’ बाेलकाे नयाँ गीत युट्युवमा सार्वजनिक

मिलन शर्मा दनाई

बेसीशहर, जेठ २६ । लमजुङकी गायिका ईश्वरी बरालको ‘माया छ की छैन’ बाेलकाे नयाँ गीत युट्युवमा सार्वजनिक भएको छ । विपिन आचार्यकाे शब्द,सङ्गीत र एरेन्ज तथा  ईश्वरी बरालकाे स्वर रहेको गीत सार्वजनिक भएकाे हाे ।

काठमाडाैंकाे कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतकाे म्युजिक भिडियाे अहिले चर्चामा छ । तीन दिन अघि सार्वजनिक भएकाे याे म्युजिक भिडियाे युट्युवमा १ लाख ७० हजार पटक हेरिएकाे छ ।

गीतको भिडियोमा कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ । भिडियोमा गायिका बरालको पनि अभिनय (नृत्य) देख्न पाइन्छ ।  

इश्वरीले यस अघि पनि नरिसाउ है, खानदानी छाेरी, हरेक रात सपनीमा, लभ पर्न सक्छ जस्ता गीत बजारमा ल्याएकी छन् ।

म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा गरिएको बताइएकाे छ । मुस्कान ढकालले निर्देशन गरेकाे भिडियो नवराज उप्रेतीले छायाङ्कन गरेका हुन् ।

म्युजिक भिडियाेमा कलाकार आर्यन सिग्देल र माेनिका बाेहराकाे प्रेम चित्रण गरिएकाे छ । कलाकार सिग्देल चिया पसलेकाे रूपमा देखिएका छन् । उनलाइ मन पराउने एक युवती ( माेनिका बाेहरा) उनकाे चिया  पसलमा चिया पिउने निहूँमा गइरहन्छिन् र चिया पसलेलाइ हेरिरहन्छिन् । चिया पसले बनेका सिग्देल पनि उनलाइ मन पराउँछन् । दुबैबीच प्रेमकाे अंकुरण हुन्छ । दुबैले लेखेर मन परेकाे कुरा अभिब्यक्त गर्छन् ।

एक दिन चिया पसले बैशाखीकाे सहारामा पसल बाहिर निस्कन्छन्, त्याे देखेर उनलाइ माया गर्ने ती युवती स्तब्ध हुन्छिन् । सिग्देलले  पूर्व प्रमिकालाइ परिवारसंग भेटाउन घर जाँदै गर्दा  भयानक दुर्घटनामा परेकाे र प्रेमिका गुमाएकाे र आफू पनि अपांग  भएकाे कथा भन्छन् । माया गरेकी युवतीलाइ चिया असाध्यै मन पर्ने भएकाले चिया पसल खाेलेकाे बताउँछन् ।

म्युजिक भिडियाेकाे कथा यति नै हाे, जुन अधुराे देखिन्छ । अपाङ्गलाइ देखेर ती युवतीले माया मारेकाे वा उनीहरूबीचकाे प्रेम सफल भएकाे देखाएकाे भए म्युजिक भिडियाे अझ राम्राे हुन्थ्याे । जे हाेस्, गीत राम्राे छ, कलाकारहरूकाे अभिनय ठीक छ ।



प्रतिक्रिया