त्रिवेणी कप फुटबलमा एराेन थापाकाे ह्यट्रिक, सुन्दरबजार र बेसीशहर पनि क्वार्टरफाइनलमा

बेसीशहर, पुस १६ । लमजुङ सदरमुकाम बेसीशहरमा जारी त्रिवेणी कप फुटबलकाे ३१ औं श्रृंखला अन्तर्गत साेमबार भएकाे खेलबाट विभागीय टीम नेपाल पुलिससंगै बेसीशहर युथ साेसाइटी, सुन्दरबजार फुटबल क्लव क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

साेमबार भएकाे तेस्राे खेलमा बेसीशहर नगरपालिकालाइ ६–१ काे फराकिलाे गाेल अन्तरले हराउँदै बेसीशहर युथ साेसाइटी क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ । साेसाइटीका लागि सुरेश कुमार र कान्छा गुरूङले २/२, अाशिष चाैधरी र स्टेफिनले १/१ गाेल गरे । बेसीशहर नगरपालिकाका लागि एकमात्र सान्त्वना गाेल जर्सी नं. ११ का अशाेक थापाले गरे ।


साेमबारकै दाेस्राे खेलमा बेसीशहरकाे लमजुङ मर्स्याङदी युथ क्लवलाइ १ का विरूद्ध ३ गाेल गर्दै सुन्दरबजार फुटबल क्लव पनि क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ । सुन्दरबजारका लागि जर्सी नंं ७ का एराेन थापाले ह्याट्रिक गरे । जारी प्रतियाेगितामा ह्याट्रिक गर्ने उनी पहिलाे खेलाडी हुन् । लमजुङ मर्स्याङदीका लागि एकमात्र सान्त्वना गाेल जर्सी नं १० का सेरसङले गरेका थिए ।


 साेमबारै भएकाे पहिलाे खेलमा विभागीय टीम नेपाल प्रहरीकाे महेन्द्र पुलिस क्लवले चामे युवा समाज मनाङ बिरूद्ध २–०  काे जीत निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ ।

प्रतिक्रिया