पक्राउ पर्न थाले कालिका सहकारीका ऋणीहरु, एकजना चितवनबाट पक्राउ

बेसीशहर, बैशाख २७ गते । सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने र सहकारीको ऋण नतिरे पनि हुन्छ भनि निच मारेर बस्ने ऋणीहरुलाई बेसीशहरको कालिका सहकारीले सख्त कदम चाल्न थालेको छ ।

संस्थाबाट प्रबाह भएको ऋण असुल हुन नसक्दा र सहकारीका बारेमा फैलाइएको कतिपय गलत हल्लाका कारण समस्याग्रस्त बन्न पुगेको उक्त सहकारीले ऋण असुलीका लागि ऋणीहरुलाई कानुनी कारबाहीको क्रम शुरु गरेको हो । यसै क्रममा लामो समयदेखि उक्त सहकारीबाट ऋण लिएर साँवा तथा ब्याज भुक्तानी नगर्ने एक जना ऋणी पक्राउ परेका सहकारीका उपाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

पक्राउ पर्नेमा बेसीशहर नगरपालिका वडा नं. १ उदीपुर घर भई हाल चितवनको मंगलपुरमा बस्दै आएका अमृत बहादुर मगर पक्राउ परेका हुन् । उनले साँवा र ब्याजसहित सहकारीलाई  २० लाख भन्दा बढी रकम तिर्नु पर्ने भए पनि लामो समय देखि झुलाउँदै आएका थिए । 

पटक पटक ताकेता गर्दा समेत उनले ऋण तिर्न आलटाल गरेपछि सहकारीका सञ्चालकहरुले उनी बिरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई मंगलबार चितवनबाट प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । हाल उनी जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा छन् ।


प्रतिक्रिया