रूसी सेनामा काम लगाइदिने भन्दै ठगी गर्ने लमजुङकी एक महिला पक्राउ

काठमाडाैं, फागुन २३ । रूसी सेनामा काम लगाइदिने भन्दै रकम ठगी गर्ने लमजुङकी एक महिला काठमाडाैंमा पक्राउ परेकी छन् ।
लमजुङकाे दुधपोखरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाण्डौंकाे टोखा नगरपालिका वडा नं. ११ बाँनियाटार बस्ने ३० बर्षकी बिनिता गुरुङ काठमाडाैंमा पक्राउ परेकी हुन् । उनले एसएलसी समेत अनुत्तीर्ण रहेका भिम बहादुर बुढालाई रूसी सेनामा काम लगाइदिन्छु भन्दै उनीसंग नगद ३ लाख ४६ हजार नेपाली रूपैयाँ र १ हजार अमेरीकी डलर ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।
उनले रसीयन सेनामा मासिक तीन लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई भीमबहादुरसंग ६ लाख ५० हजार माग गरेकीमा भीमबहादुरले पटक पटक गरी तीन लाख छयालीस हजार रुपैयाँ १ हजार अमेरीकी डलर ठगी गरेकी थिइन् । साथै रसियाका लागि भिजिट भिषामा चाहिने कागजपत्रहरू नक्कली बनाई दिएकी थिइन् । एक हजार डलर साटेको देखाई साे डलर आफै लिई गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भीमबहादुरलाइ रसिया पठाएकी प्रहरीले जनाएकाे छ ।
तर रसिया पुगे पछि उनीसंग नक्कली कागजात भएको भनी त्यहाँकाे अध्यागमनले बुढालाइ फिर्ता पठाईदिएको थियाे । रसियाबाट नेपाल फर्केपछि उनले गुरूङ बिरूद्ध वैदेशिक रोजगार विभागमा उजुरी निवेदन दिएका थिए । उनकाे उजुरी पछि काठमाडाैं उपत्यका अपराध अनुसन्धान बिभागबाट खटिएको प्रहरी टोलीले साेमबार गुरूङलाइ काठमाडाैंकाे बानियाटारबाट पक्राउ गरेकाे थियाे । हाल उनलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया