लमजुङकाे दाेर्दीमा जीप दुर्घटना, तीन घाइते, एककाे अवस्था चिन्ताजनक

खबरकुञ्ज

बेसीशहर, माघ ७ गते । लमजुङकाे दाेर्दीमा आज साँझ जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । 

सदरमुकाम बेसीशहरबाट दाेर्दीकाे कामचाेक जाँदै गरेकाे ग१ज ७५६१ नम्बरकाे बालेराे जीप आज साँझ ५.४० बजे सिमल बिसाैनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइतेहरूमा  पुर्ण व तमाङ,गङ्गामाया गुरुङ र मुन्नि कुमारी तमाङ रहेकाे दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।घाइतेमध्ये एकजनाकाे अवस्था चिन्ता जनक रहेकाे र सबै घाइतेहरूलाइ उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइँदै गरेकाे प्रहरीले जनाएकाे छ ।

जीपमा चालकसहित ६ जना सवार रहेका थिए । दुर्घटनामा परी चालक सामान्य घाइते भएका र अन्य यात्रुहरू सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया