बेसीशहरमा सञ्चालित पांचौं मेयर कपको उपाधि वडा नंं १० लाई

खबरकुञ्ज

बेसीशहर, मंसिर १५ गते । बेसीशहरमा गत मंसिर ११ गतेदेखि शुरु भएको पांचौं मेयर कप वडा स्तरीय फुटवल प्रतियोगीता २०८१ को उपाधि वडा नंं १० ले उचालेको छ ।

शनिबार सहजी रंगशाला बेसीशहरमा भएको फाइनल प्रतियोगितामा वडा नं. ६ लाई ट्राइबेकरमा स्तब्ध पार्दै वडा नंं १० ले उपाधि उचालेको हो ।

बेसीशहर नगरपालिकाको प्रायोजनमा बेसिशहर नगर खेलकुद विकास समितिको आयोजनामा बेसीशहरका ११ वटै वडाका टीम सहभागी प्रतियोगिताको उपाधिसंगै वडा नं. १० ले नगद १ लाख, स्वर्णपदक र प्रमापत्र पाएको छ । उपविजेता बनेको वडा नंं ६ ले नगद ५० हजार रजत पदक र प्रमाणपत्र पाएको छ ।


शनिबार त्रिवेणी रंगशालामा खचाखच दर्शकबीच भएको प्रतियोगिताको निर्धारित समयमा दुवै पक्ष गोलरहित बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । 


ट्राइबेकरमा वडा नंं १० ३–१ ले विजयी भयो । ट्राइबेकरमा दुवै टीमका कप्तानले गोल भने गर्न सकेनन् । यस अघि मेयर कपकाे चार श्रृंखलामा लगातार फाइनल पुगेर उपाधिबाट बञ्चित रहेकाे वडा नंं १० ले यस पटक बाजी मारेकाे हाे ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, सबै वडाका वडाध्यक्षहरु नगर खेलकुद विकास समितिका ले पुरस्कार वितरण गरेका थिए । समापनका अबसरमा मेयर अर्यालले स्थानीय खेलाडीहरुलाई उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको र खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको जनाए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत जनही ५÷५ हजार रुपैयाँ पुरस्कार दिइएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई जनही २÷२ हजार, स्वर्णपदक र प्रमाणपत्र दिइएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरी आगामी पुसमा बेसीशहरमा सञ्चालन हुने गण्डकी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगितामा नगरपालिकाको टीमबाट सहभागी गराइने छ ।


प्रतियाेगिताकाे समापनका अवसराम राष्ट्रिय फुटबल खेलाडी जय गुरूङलाइ मेयर अर्यालले ढाका टाेपी र सम्मानपत्रले सम्मान गरेका थिए ।


प्रतिक्रिया